back
CTIZAN AD

बेलायतका नेपाली कुकद्धारा पुस्तकालयका लागि १० लाख संकलन

वि.सं.२०७६ जेठ १ बुधवार

864 

shares

बेलायत । नेप्लीज सेफ एसोसियसन युकेले नेपालको विद्यालयमा पुस्तकालय व्यवस्थापनका लागि १० लाख रुपैयाँ संकलन गरेका छन् ।

१३ मइका दिन नेप्लीज सेफ एसोसियसन युकेद्धारा युकेको मिल्याण्डस्थित ओल्डवरीस्थित द स्यामसन ब्यांक्युटिङमा आयोजना गरिएको च्यारिटी डिनरका अवसरमा उक्त रकम संकलन गरिएको हो ।

निलकण्ठ नगरपालिका धादिङ १४ स्थित धुँवाकोटमा रहेको तमैरातमाटे माध्यमीक विद्यालयमा पुस्तकालाय निर्माणका लागि उक्त च्यारिटी डिनरको आयोजना गरिएको एसोसियसनका अध्यक्ष दधि आचार्यले बताए ।

५५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पुस्तकालय अभाव रहेका कायण त्यसको व्यवस्थापनका लागि च्यारिटी कार्यक्रमको आयोजना गरिएको पनि अध्यक्ष आचार्यले बताएका छन् ।

सो अबसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले सेफहरुले सुरु गरेको उदाहरणीय कार्यको प्रशंसा गरेका थिए । सुवेदीले नेपाली खाना, पर्यटन प्रवद्र्धन र मातृभूमिका लागि मरिमेट्ने सेफहरु देशको सच्चा राजदूत भएको पनि बताएका थिए ।

त्यस्तै एसोसियसनका संस्थापक अध्यक्ष कृष्ण तिमिल्सेनालाई राजदूत सुवेदी र अध्यक्ष आचार्यले तिमिल्सेनाले समाजप्रति गरेको योगदानको कदरस्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तिमिल्सेनाले बेलायतमा छरिएर रहेका नेपाली सेफहरुलाई एकजुट बनाउँदै सन् २०१२ मा नेपाली सेफ एसोसियन बेलायतको स्थापना गरेका थिए ।

त्यस्तै एसोसियसनका अध्यक्ष आचार्यले बेलायतका विभिन्न क्षेत्रमा यस्ता कार्यक्रमको आयोजना गरिने बताउँदै यस्ता परोपकारी कामहरुहरुलाई निरन्तरता दिने बताएका थिए ।

भुपेन्द्र पाठकको संचालन,संयोजक कृष्ण ढकालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका उपाध्यक्षहरु पुनम गुरुङ, शेर बहादुर सुनार, प्रेम गाहामगर, नेपाल पत्रकार महासंघका वरिष्ठउपाध्यक्ष धुर्वराज अर्याल, साझा नेपाली समाज युकेका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समहुकी उपाध्यक्ष देवी सापकोटा,गल्कोट नेपाली समाज युकेकी अध्यक्ष राजु कंडेल र्सिजनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाल समाज युकेका अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाजका अध्यक्ष शिव खरेल, नोटिंघम नेपाली समाजका अध्यक्ष गोविन्द खरेल तथा रामशरण सिंखडा र पत्रकार फडिन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

झण्डै ५ सय नेपाली सेफहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकारहरु प्रिती आले, कुलेन्द्र विक, अर्जुन काफ्ले दीपाशा ‘जलपरी” शिक्षा पौडेल, चन्चल पन्थीको बेजोड सांगितीक प्रस्तुति रहेको थियो ।

वि.सं.२०७६ जेठ १ बुधवार १०:४८ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...