back

गर्भपतन गराउन प्रतिबन्ध,चिकित्शकलाई समेत आजीवन सजाय

वि.सं.२०७६ जेठ १ बुधवार

51 

shares

१ जेठ, मियामी । अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ ।

सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ ।
रिपब्लीकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ ।

गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानुनको रुप लिनेछ । नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन ।

संयुक्तराज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानुनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ । विधेयकको पक्षमा रहेकाहरुले आफूहरु सर्वोच्च अदालतमा जाने धम्की दिएका छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरु नियुक्त गरेकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ । सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो ।

तर बहुसंख्यक रिपब्लीकन पार्टीका सदस्यहरु सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन् ।

सिनेट डेमोक्र्याटिक पार्टीका नेता बब्बी सिङ्गलटनले अलबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको र यो राष्ट्रको लज्जा भएको प्रतिक्रिया दिए ।

वि.सं.२०७६ जेठ १ बुधवार ११:३४ मा प्रकाशित

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी, प्यालेस्टाइनी अधिनस्थ क्षेत्र । हमासले कैदी रिहाइको माग...

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

जिनान । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको...

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि...

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा...

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा...

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

न्यु योर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा...