back

राप्रपाले सरकारसँग दोस्रो चरणको वार्ता गर्ने

वि.सं.२०७६ जेठ ३ शुक्रवार

498 

shares

३ जेठ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको पार्टीको विशेष बैठकमा पार्टी र नेपाल सरकारबीचको वार्ताका सम्बन्धमा पार्टीका वरिष्ठ नेता दीपक बोहराले बैठकलाई जानकारी दिएका छन् ।

बैठकमा जनसङ्घर्षको पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल र समीक्षा भएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रदेश कार्यसमितिका अध्यक्षहरुले प्रदेशको विद्यमान सङ्गठनात्मक स्वरुप र भावी कार्ययोजनाबारे बैठकमा प्रस्तुत गरे ।

बैठकले सङ्गठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण कार्यत्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा सबै तहका कार्यसमितिलाई निर्देशन दिएको छ ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १७:५६ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...