back
CTIZAN AD

हिमाल दोलखा हाइड्रोपावरले १६ लाख कित्ता सेयर निष्कासन गर्दै

वि.सं.२०७६ जेठ ६ सोमवार

816 

shares

६ जेठ, काठमाण्डौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । कम्पनीले १६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने लागेको हो ।

कम्पनीले माइखोला ४Þ.५ र माइ साना क्यासेड ८ मेगावाट परीयोजनाबाट ब्यवसायिक उत्पादन सुरु गरी सकेको छ ।

कम्पनीको जारी पूँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण समुहतर्फको १० प्रतिशत अर्थात १६ करोड रुपैयाँ प्रभावित क्षेत्रका बासिन्दाबाट उठाउने छ भने बाँकी ३८.७५ प्रतिशत अर्थात ६२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने योजना बनाएको छ ।

दुई आयोजनाको जम्मा लागत दुई अर्ब १४ करोड रुपैयाँ छ। जसमा शेयर पूँजीबाट एक अर्ब ६० करोड रुपैयाँ जुटाइनेछ। आयोजनाको जम्मा लागतको ७४.४२ प्रतिशत शेयर पूँजीबाट कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहने देखिन्छ । कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले इलाम जिल्लामा रहेका ७ वटा बैंक, आयोजनाको निर्माण स्थलका साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।

प्रभावितले जेठ २८ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार १३ गतेसम्म निष्काशन हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गरे पछि सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

 

वि.सं.२०७६ जेठ ६ सोमवार १४:११ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...