पर्वत सेवा समाज युएईले पर्वत घर भई युएईमा कर्मथलो बनाउने सम्पूर्ण पर्वतेलीलाई समाजको सदस्यता लिन अनुरोध गरेको छ ।
सन् २०१३ मा स्थापना भएको पर्वत सेवा समाज युएईले मानविय सहयोग, संस्थागत, ऐक्यबद्धता र समृद्ध पर्वत अभियानमा प्रतिवद्ध हुँदै समाजको चौथो महाधिबेशनको संघारमा रहेको बताउँदै युएईभरी रहेका पर्वतेलीहरुलाई उक्त आव्हान गरेको हो ।
‘समाज चौथो अधिबेशनको नजिक छ । युएइमा कर्मथलो बनाउनु भएका सम्पूर्ण पर्वते दाजुभाइ दिदीबहिनीहरुमा संस्थाको सदस्यता लिनु हुन् र यहाँहरुको ऐक्यबद्धतासहित विभिन्न मानबिय सहयोग र सम्बृद्ध पर्बत अभियानमा जुट्न हार्दिक अनुरोध गर्दछौ ।’ समाजद्धारा जारी सूचनामा भनिएको छ ।
अधिबेशन हुने मिति र स्थान यस प्रकार रहेको समाजले जनाएको छ ।
पर्बत सेवा समाज युएइ
चौथो अधिबेशन २०१९
मिति–२१ जुन २०१९ (शुक्रबार)
स्थान–सिल्भर रेस्टुरेन्ट बरदुबई
समय–दिन को ठिक ३ बजे
निर्बाचन सयोजक-मणि प्रसाद भुर्तेल
सदस्य–हरि लामिछाने, राम प्रसाद लामिछाने
सस्थापक अध्यक्ष मणि भुर्तेल (२०१३-२०१५)
अध्यक्ष राजेन्द्र अधिकारी (२०१५-२०१७)
अध्यक्ष पर्शुराम पौडेल(२०१७-२०१९)
वि.सं.२०७६ जेठ ११ शनिवार १७:३४ मा प्रकाशित






























