back
CTIZAN AD

गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ-राष्ट्रपति

वि.सं.२०७६ जेठ ११ शनिवार

648 

shares

११ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताएकी छन् ।
बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँैडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्दै उनले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र सम्पन्न हुने उल्लेख गरिन् ।

राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन् “सदियाँैदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ ।’’

स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै उनले मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको छ भन्नुभयो । राष्ट्रपति भण्डारीले भनिन् “मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक सङ्कल्प छ ।’’

समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रुपमा समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताइन् । उनले भनिन्, “सामाजिक चेतना र जागरणका माध्यमबाट समाजमा देखिएका विभेद अन्त्य गर्नेतर्फ हाम्रो प्रयास छ । यसका लागि सामाजिक अभियान चलाउनुपर्छ ।’’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताइन् । उहाँले भन्नुभयो, “सामन्ती संस्कार बोकेको नेपाली समाजबाट अझै पनि महिला घरेलु हिंसाको शिकार हुँदै आएका छन्, यस्ता विकृति, विसङ्गति र अत्याचारविरुद्ध सामाजिक अभियान चलाउनुपर्ने अवस्था छ ।’’

समूहकी अध्यक्ष कुन्ता शर्माले एकल महिलालाई धर्म र संस्कृतिको जन्जिरमा बाँध्ने काम हँुदै आएकाले सबैको प्रयासमा यस खालका कुरीतिलाई अन्त्य गर्न आवश्यक रहेको बताइन् । ।

संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले एकल भएकै आधारमा कुनै महिलालाई विभेद गर्नु हुन्न भन्ने अभियान सञ्चालन गर्ने सोचले स्थापना गरिएको समूहमा अहिलेसम्म एक लाख ६० हजार एकल महिला सङ्गठित रहेको जानकारी दिइन् । उक्त समूह स्थापनाको रजत महोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा ७६ जिल्लाका ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । पछिल्लो जनगणनाअनुसार मुलुकमा एकल महिलाको सङ्ख्या कूल जनसङ्ख्याको ५।८ अर्थात छ लाख एक हजार छ ।

छोरालाई पढाउने छोरीलाई भने सानो उमेरमै विवाह गरेर धपाउने प्रवृत्ति अझै पनि समाजमा ठूलो रोगको रुपमा रहेकोबारे सो अवसरमा सबैको ध्यानाकर्षण गरियो । तीमध्ये २० देखि ३० वर्ष उमेर समूहका महिलाको ६७ प्रतिशत रहेको बताइएको छ । एकल महिलामध्ये निरक्षर महिलाको सङ्ख्या ८६ प्रतिशत रहेको जनाइएको छ । विगतमा भएको १० वर्षे द्वन्द्वका क्रममा १० हजारको सङ्ख्यामा महिला विधवा भएका थिए ।

उक्त समूहले यसअघि मुलुकमा विभिन्न स्थानमा १६ वटा छहारी भवन निर्माण गरिसकेको र यसबाट शितलता मात्रै होइन, एकल महिलाका लागि ऊर्जासमेत मिलेको जानकारी दिइयो । भारतीय सरकारको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा गरी अहिले मुलुकभरबाट १४६ जना एकल महिला जनप्रतिनिधिका रुपमा काम गरिहेको बताइएको छ ।

वि.सं.२०७६ जेठ ११ शनिवार १७:०९ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...