back
CTIZAN AD

बुल्गेरियामा रादेभ राष्ट्रपतिमा निर्वाचित, मस्कोसँग निकट सम्बन्ध विस्तार हुने विश्वास

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

1K 

shares

३० कात्तिक, मस्को (रसिया) । मस्को निकट रुमेन रादेभ बुल्गेरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रसियाको प्रशासन केन्द्र क्रेमलिनले बुल्गेरियाका नवनिर्वाचित राष्ट्रपतिलाई सोमबार बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।

नयाँ राष्ट्रपतिको आगमनले दुई राष्ट्रबीचको सम्वन्ध थप विस्तार हुने बताउदै रसियाले बुल्गेरियालाई विशेष महत्वकासाथ हेर्ने गरेको, क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले सञचारकर्मीसँग बताउनुभएको छ ।

“हामीले आशा गरेका छौ कि नयाँ राष्ट्रपतिको आगमनपछि बुल्गेरियाका नयाँ कार्यक्रम आउनेछन् र दुई देशको सहकार्य प्रगाढ हुनेछ,” पेश्कोभले भन्नुभयो ।

समाजवादी प्रतिपक्षले समर्थन दिएका रादेभको निर्वाचन र प्रधानमन्त्री दक्षिणपन्थी झुकाव भएको दलले समर्थन गरेका राष्ट्रपति पराजयसँगै यहाँका प्रधानमन्त्रीले नयाँ सरकारको गठनका लागि बाटो खुला गर्दै प्रधानमन्त्रीबाट राजिनामा दिनुभएको छ ।

रादेभले पश्चिमी मुलुकको समर्थन पाएका शेस्का साचेभालाई ५९.४ प्रतिशत मतका विरुद्ध ३६.२ प्रतिशत मतले पराजित गरेको बुल्गेरियाले सोमबार जनाएको छ ।

स्लाभिक (इन्डो–यूरोपेली) मुलुक भएका नाताले यी दुई देशबीच गहिरो ऐतिहासिक र साँस्कृतिक सम्वन्ध रहेको छ । बुल्गेरिया रसियासँग ग्यास लगायतका इन्धनका लागि पनि अधिक निर्भर रहेको मुलुक हो ।
एएफपी

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०४:२६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...