२२ जेठ, काठमाडौँ । नेपाली कामदारको भर्ना प्रक्रियामा गैरकानुनी रूपमा आर्थिक शोषण गरेको भन्दै एकवर्षदेखि बन्द मलेसियाको राजगार खुलाउन विपक्षी सांमसदले संघीय संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेस सांसद डिला संग्रौला पन्तले मलेसिया बन्द हुँदा लाखौँ नेपालीको रोजगारी गुमेको र मुलुकले रेमिट्यान्स गुमाएको भन्दै मंगलबार प्रस्ताव दर्ता गरिन् ।
कुटनीतिक माध्यमद्वारा कामदारको हकहित सुरक्षित हुने गरी सक्दो चाँडो रोजगार खुला गर्न उनको माग छ गत वर्षको आठ महिनामा ७७ हजारभन्दा बढी युवा मलेसिया गएका थिए । यस वर्षको सोही अवधिमा तीन हजारभन्दा कम रहेको उनले बताइन् ।
बुधबारको कान्तिपुर दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ २२ बुधवार ०८:२६ मा प्रकाशित




























