
२२ जेठ, रोल्पा । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् ।
उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुुताइन्छिन् अनि बिहानै तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन् । त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएकी हुन् । छिटो ठुलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ ।
आमाको दैनिकीले उनलाई असाध्य पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन् ।
‘ आमा सधैँ भुइँमा सुत्नुहुन्छ । सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन । जाडोमा पनि यस्तै हो, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिन छिटो ठुलो हुन पाए कमाएर औषधि गराउने मन छ ।’
बुधबारको नागरिक दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ २२ बुधवार ०८:४३ मा प्रकाशित