back

पूर्वी अफ्रिकाको सिसेल्समा एक नेपालीको मृत्यु

वि.सं.२०७६ जेठ २८ मंगलवार

606 

shares

२८ जेठ, सिसेल्स । रोजगारीका लागि पूर्वी अफ्रिकाको सिसेल्समा पुगेका एक नेपालीको मृत्यु भएको छ ।
चार वर्षदेखि सिसेल्समा कार्यरत नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं १३ का सिम बहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

४८ वर्षीय गुरुङको जेठ २१ (४ जुन) मा भिक्टोरियास्थित एक सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एनआरएनए सिसेल्सका अध्यक्ष रामप्रसाद  पन्तले संसारन्युजलाई जानकारी दिएका छन् ।

गुरुङको अन्तिम दाहसंस्कार सिसेल्समा नै गरिएको छ ।उनको दाह संस्कारका क्रममा नेपाली, बंगाली इण्डियन लगायतका ३ सयको संख्यामा सहभागी भएको पनि पन्तले बताए ।

मुसाबाट सर्ने Complicated leptospirosis   नामक भाइरसका कारण गुरुङको मृत्युभएको पोस्टमार्टम रिर्पोटमा उल्लेख रहेको बताइएको छ । उनी Design & Build  नामक इजिप्सियन कन्ट्रक्सन कम्पनीमा कार्यरत थिए ।

गुरुङको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बताइएको छ । गुरुङ कार्यरत कम्पनीले उनको परिवारलाई छिट्टै नै राहत उपलब्ध गराउने पनि अध्यक्ष पन्तले बताए ।

वि.सं.२०७६ जेठ २८ मंगलवार ११:४६ मा प्रकाशित

Himalayan Life AD
युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...