back
CTIZAN AD

कविता : अफसोच म चम्चा बन्न सकिन

वि.सं.२०७६ जेठ २९ बुधवार

813 

shares

धत्तेरिका !

न न चम्चा बन्न सकियो सुनको
न कुर्सी बन्न सकियो सुनखुट्टे
न त भक्त नै बन्न सकियो दृष्टिविहीन
त्यस्तो केही बन्न सकिएन
फगत एक थान मान्छे बनियो
त्यो पनि मालिक विरोधी !

 

यदि म चम्चा भएको भए
अझ सुनको चम्चा
आहा क्या गजव हुन्थ्यो !

हजुरको भान्सामै पुग्थें
हजुरको हात र मुखमा नाचिरहन्थें
हजुरले क्या मजाले चुम्नु हुन्थ्यो मलाई
ओर्काई फर्काई
हजुरकी प्रेमिकालाई जस्तै !

अफसोच म चम्चा बन्न सकिन
मलाई मान्छे बन्न मन लाग्यो
र हजुरबाट दश कोश टाढा छु !

मान्छे नै बने पनि
हजुरलाई ईश्वर घोषणा गरेको भए
र आज्ञाकारी भक्त बनेको भए
हजुरको अगल बगलमै हुन्थें
हजुरको जुत्ता मुनी नजिकै त हुन्थें
कताबाट उम्रियो दिमागमा मेरो
भक्त नबन्ने उन्माद
र म केवल मान्छे मात्र बनें
त्यसैले छु अहिले
हजुरका लाल लाल नजरका निशानामा !

कमसेकम
म कुर्सी मात्रै बनेको भए पनि
आहा क्या मालामाल हुने थिएँ
कसै गरी ,
प्रधान मन्त्रीको कुर्सी
राष्ट्रपतिको कुर्सी
प्रधान न्यायधिश या अख्तियार प्रमुखको कुर्सी
यस्तै यस्तै कुर्सी नै बन्न पाएको भए
म सँधै सत्ता धारी हुने थिएँ
मेरो मनितोले आकास छुने थियो !

धत्तेरिका !
न न चम्चा बन्न सकियो सुनको
न कुर्सी बन्न सकियो सुनखुट्टे
न त भक्त नै बन्न सकियो दृष्टिविहीन
त्यस्तो केही बन्न सकिएन
फगत एक थान मान्छे बनियो
त्यो पनि मालिक विरोधी !

चम्चा मान्छे होइन
कुर्सी पनि मान्छे होइन
भक्तहरू पनि रुपका मात्रै मान्छे हुन्
तर आज ,
खुव हेपिरहेछन् मान्छेलाई !

यस्तो वेला उटपट्याङ्ग पनि सोचिने रहेछ
र भन्न मन लाग्दो रहेछ
म चम्चा बनेर जन्मेको भए
अझ सुनको चम्चा
कमसेकम मालामाल त हुने थिएँ !

२०७६/०२/२९
सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७६ जेठ २९ बुधवार ०९:२७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...

झिल्का कविता

झिल्का कविता

ईश्वर साउद ( भिक्षु ) रामाराेशन - ६ , अछाम...

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

तारा विष्ट छन्दार्पण,दाङ, हाल -मलाय आमाबाबा सबैका जनक र जननी...

कविता : प्रजातन्त्र

कविता : प्रजातन्त्र

कविराज घिमिरे,चाँगुनारायण भक्तपुर प्रजातन्त्र हाम्रो छ साँचो बिगार्ने अरू नाङ्गिँदा...