back
CTIZAN AD

बालबालिकालाई नेपाली भाषासंस्कार सिकाएमात्र नेपाललाई सच्चा माया गरेको ठहरिने छ –राजदुत कार्की

वि.सं.२०७६ जेठ २९ बुधवार

870 

shares

२९ जेठ, कोलोराडो, अमेरीका । अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्काीले संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेसन उद्घाटन गर्दै प्रवासमा बसोबास गर्ने नेपालीले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका छन् ।

संखुवासभा जिल्लाबाट अमेरीकाको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेशन उद्घाटन भाषणको क्रममा उनले प्रवासमा बस्ने नेपालीलाई नेपालको ज्यादैमाया लाग्छ । खाई नखाई दुख गरेर बचाएर नेपाल पठाएको पैसा नै अहिले नेपालको मुख्य आम्दानी श्रोत बनेको छ । तर दोश्रो पुस्तालाई हाम्रो भाषा, संस्कार र संस्कृती सबै नसिकाउने हो भने उनीहरुले नेपाल बिर्सने छन् । त्यसैले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका हुन् । उनले कार्यक्रमलाई सम्बोधनको क्रममा अमेरीकामा बसेर नेपालको राजनिती गर्नु भन्दा अमेरिकामा राजनिती गरि निती निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाईदा लिन सक्ने र आफुले त्यो हेर्न चाहेको बताएका छन् ।

संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथी र बिशेष अतिथीहरुलाई पञ्चकन्याद्धारा फुलमालाले स्वागत गरेको थियो । नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रमको राजदुत कार्कीले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।
कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

बिशेष अतिथीको आसनबाट हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स ६ नर्थ ईष्टका गभर्नर सिसायल गीलले सुभकामना मन्तब्य दिएका थिए । त्यस्तै सबै संघ संस्थाका तर्फबाट जनसंम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठले सुभकामना मन्तब्य दिएका थिए ।

त्यसैगरी लङमन्ट हिमालयज् लायन्स क्लवका पूर्व अध्यक्ष एबं ६ नर्थ ईष्टका ईन्भारमेन्टल चेयर प्रमोद श्रेष्ठले संखुवासभाको खादबारीमा निर्माणधिन ब्लड बैकको सहयोगार्थ लङमन्ट हिमालयज् लायन्स क्लवले अगाडि बढाएको कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा महासचिव हरिकुमार श्रेष्ठले उपस्थित सबैलाई शुभकामना मन्तब्य संगै संस्थाको प्रगती बिवरण प्रस्तुत गरेका थिए ।

यसैगरी सोही समारोहमा संखुवासभामा जन्मेर लामो समय देखी अमेरिकामा बसोबास गर्दै आएका हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठलाई नेपाल लगायत बिश्वका धेरै मुलुकहरुमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमुल्य योगदान गरेको भन्दै सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो भने, कृष्णमुरारी ढुङ्गेल ले उनको ब्याक्तित्व परिचय गराएका थिए । त्यस्तै संस्थालाई सहयोग गर्ने मनिशा श्रेष्ठ र ओङ भोटियालाई प्रमाण पत्र प्रदान गरिएको थियो । मनिशा श्रेष्ठ र शरद श्रेष्ठले संचालन गरेको कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अतिथी अतिथी लगाएत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् ।कार्यक्रमको दोश्रो चरण बन्दसत्रमा आर्थिक प्रतिवेदन लगाएत भावी कार्ययोजनको बारेमा गहन छलफल पश्चात मार्गदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

उद्धाटनसत्र पछि सम्पन्न बन्दसत्रले पुःन शान्ति श्रेष्ठको अध्यक्षतामा ३१ सदस्सिय नया कार्य समिती निर्विरोध चयन गरेको छ । यसरी निर्बिरोध चयन हुनेहरुमा बरिष्ठ उपाध्यक्ष, पवन बराकोटी खनाल, उपाध्यक्षहरुमा मनिषा श्रेष्ठ, बेदनिधि दाहाल, मुकेश श्रेष्ठ, बिनोद गौली, महासचिव हरिकुमार श्रेष्ठ, सचिव पदमराज तमाङ र कोषाध्यक्ष नोयनाथ पोख्रेल रहेका छन् ।

त्यसैगरी अन्य पदाधिकारीहरुमा बिष्णु पौडेल सितल पब्लिक रिलेसन अफिसर, प्रमोद श्रेष्ठ प्लानिङ अफिसर, शरद श्रेष्ठ ईभेन्ट अफिसर, अनिमेष श्रेष्ठ टेक्निकल अफिसर रहेका छन् । यसैगरी कार्यसमितीका बोर्डअफ डिरेक्टरहरुमा चेतमान श्रेष्ठ, डिएन श्रेष्ठ, नेत्र पोख्रेल, किरण शोभा कार्कि, पदम थापा, रिपेन्द्र कार्की गणेश श्रेष्ठ, उत्तम श्रेष्ठ, कृष्णराज गीरी, सन्तोष काफ्ले, मिना माष्के, बिक्रम श्रेष्ठ रहेका छन् । बांकी छ जना अध्यक्षले मोनोनित गर्ने महासचिव हरिकुमार श्रेष्ठले बताएका छन् ।कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थितहुने र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग पुराउने सबैलाई धन्यवाद दिएकी थिईन् ।

वि.सं.२०७६ जेठ २९ बुधवार १२:४६ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...