back
CTIZAN AD

मेयर सुब्बाको स्मृतिमा ग्रन्थ प्रकाशन गरिँदै

वि.सं.२०७६ असार २ सोमवार

609 

shares


२ असार । धरान उपमहानगरका दिवंगत नगर प्रमुख तारा सुब्बाको स्मृतिमा धरान उपमहानगरले ग्रन्थ प्रकाशन गर्ने तयारी गरेको छ । स्व. सुब्बाले धरानका लागि गरेका कामहरूको सँगालोका रूपमा स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको तारा सुब्बा स्मृति ग्रन्थ प्रकाशन सम्पादन समितिका संयोजक तथा धरान उपमहानगरका सल्लाहकार प्रा डा भीम खतिवडाले जानकारी दिए ।

नगरको समृद्धिमा समर्पित रहने मेयर सुब्बाको स्मृतिलाई अमर बनाउने उद्देश्यले उनको स्मृतिमा ग्रन्थ प्रकाशन गर्न लागिएको हो ।

उक्त ग्रन्थमा सुब्बाको जीवनी र व्यक्तित्वका आयामहरूका साथै उनले समाजमा पु¥याएको योगदानजस्ता विषयहरु समेटिने संयोजक खतिवडाले बताए । समितिले रचना संकलनका लागि पत्राचार गरेको जानकारी दिँदै संयोजक खतिवडाले त्यस्ता संस्मरण वा कविता यही असार १० सम्ममा पठाउन अनुरोध गरेका छन् । रचनाहरु निम्न ठेगाना  tarasubbamemory.dharan2019@gmail.com अथवा drbkhatiwada@gmail.com मा पठाउन अनुरोध गरिएको छ ।

२०२३ माघ १८, तेह्रथुम साविक खुम्लालुङ्ग ८ (हाल आठराई गाउँपालिका २)मा जन्मिएका सुब्बाको निधन २०७५ साल श्रावण १ गते निधन भएको हो ।

२०५४ सालको स्थानीय निर्वाचनमा धरान वडा नं १७ वाट सदस्य पदमा निर्वाचित भएका सुब्बा २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल थिए ।

वि.सं.२०७६ असार २ सोमवार ०८:२६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...