back

एक मिनेटमा सयको आवेदन

वि.सं.२०७६ असार २ सोमवार

477 

shares
GLOBAL IME AD
NTC AD

२ असार, काठमाडौँ । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताए । उनका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ ।

“पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्” उनले भने, “अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।” एकै पटकमा धेरै जनाले फाराम भर्दा सर्भरमा पनि बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो ।

मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।

उपसचिव सुवेदीका अनुसार आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम नभरेको बताए । “आयोगले यतिधेरै सङ्ख्यामा आवेदन माग गर्दा करीब तीन लाख बढीले भर्ने अपेक्षा गरेका थियौँ’’ उनले भने, ‘‘अहिलेको सङ्ख्या हेर्दा त्यो नपुग्ने देखिन्छ । अझै केही दिन फाराम भर्ने समयमा भएकोले सङ्ख्यामा वृद्धि भने हुन्छ ।” उनका अनुसार अहिलेसम्म एक लाख ६२ हजार ३३३ आवेदन फाराम भरेकामा महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित एक हजार २३०, अपाङ्ग ७३ र पिछडिएको ५० जना रहेका छन ।

वि.सं.२०७६ असार २ सोमवार १४:३८ मा प्रकाशित

शिक्षकका मागमा गम्भीर बन्न सरकारलाई प्रचण्डको आग्रह

शिक्षकका मागमा गम्भीर बन्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

गल्याङ बहुमुखीको स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

गल्याङ बहुमुखीको स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

काठमाडौँ । स्याङ्जाको गल्याङ बजार स्थित गल्याङ बहुमुखीको स्ववियु निर्वाचन...

देशभरका ३४५ क्याम्पसमा अखिल (क्रान्तिकारी)को सङ्गठन दर्ता 

देशभरका ३४५ क्याम्पसमा अखिल (क्रान्तिकारी)को सङ्गठन दर्ता 

आसन्न स्ववियू निर्वाचनमा देशै भरका विभिन्न क्याम्पस रुममा अखिल (क्रान्तिकारी)ले...

अनेरास्ववियुले कस्लाई उठाउँदै छ त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा ?

अनेरास्ववियुले कस्लाई उठाउँदै छ त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट...

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका...

प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान

प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि...