back

द्वन्द्वरुपान्तरण केन्द्रबाट १८ सय विवाद समाधान

वि.सं.२०७६ असार २ सोमवार

846 

shares

२ असार, विदुर । नुवाकोटको १२ स्थानीय तहमा सञ्चालित प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले १८ सय विवाद मिलाएको छ ।
भूकम्पपछि सञ्चालनमा आएको सो केन्द्रले जिल्लाका १२ वटै स्थानीय निकायमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लाका ८८ वडामा मेलमिलाप कर्ता र संयोजक राखी नागरिकका आपसी मनमुटाव, साँध सदियार मापन, जग्गा जमीन, कुलो पानी, धारा, बाटो, घरायसी समस्या, घरेलु हिसांलगायतका निवेदनलाई सहजीकरण गर्दै आइरहेको छ ।

हालसम्म एक हजार नौ सय निवेदन परेको सो केन्द्र नुवाकोटका संयोजक सीताराम पौडेलले बताए । संयोजक पौडेल भन्छन् , “ साँध, कुलो,जग्गा जमीन, बाटो, घरायसी समस्यालगायतका विषयमा बढी निवेदन आइरहेका छन्” । उनी भन्छन्, “ भूकम्पपछि १९ सय निवेदन आएकोमा एक हजार ८०० वटा हामीहरुले मिलाएर पठाएका छौ” ।केन्द्र सञ्चालनमा आएपछि नुवाकोटका नागरिकलाई अदालत र प्रहरी धाउनुपर्ने समस्या न्यूनीकरण भएको संयोजक पौडेलले बताए ।

चालु आर्थिक वर्षको वैशाखसम्म पाँच सय ८ निवेदन आएकोमा ४८५ वटा मिलाएर पठाइएको छ भने २३ वटा निवेदनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला अदालत पठाइएको केन्द्रले जानकारी दिएको छ ।केन्द्रले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को ‘ख’ मा उल्लेख भए अनुसार ११ प्रकारका विवादलाई मिलाउन र हेर्न पाउने प्रावधान रहेको छ ।

वि.सं.२०७६ असार २ सोमवार १५:०७ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...