back
CTIZAN AD

‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउँदै टिकापुर नगरपालिका

वि.सं.२०७६ असार ९ सोमवार

1.6K 

shares

९ असार, काठमाण्डौं । बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा आउँदो साउन १ गतेपछि नगरपालिकाभित्र जन्मिएका प्रत्येक छोरीको बैंक खाता खोली वाषर््िाक एक हजार रकम उपलब्ध गराइने उल्लेख छ ।

तर उक्त रकम २० वर्षअघि विवाह गर्ने छोरीलाई उपलब्ध नगराइने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ । छाउपडीमुक्त नगरपालिका घोषणाका लागि महिला हिंसा, छुवाछुत, अन्धविश्वास, कुप्रथालगायत गलत प्रचलन तथा प्रवृति अन्त्यका लागि पनि विशेष कार्यक्रम सञ्चालन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।

‘आर्थिक सङ्कट न्यूनीकरणका लागि विवाहित र उमेर ढल्केका वयस्क महिलालाई समूहमा आवद्ध गराई बचत गर्ने बानीको विकास गरिनेछ’’, उनले भने, ‘‘एकल महिलाको सामाजिक र आर्थिक विकासका लागि क्षमता अभिवृद्धिका साथै आयआर्जनमा सहयोग पुग्ने किसिमका सीपमूलक तथा रोजगारमूलक कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ ।’

सुत्केरी अवस्थामा पोषणयुक्त खानाको महत्व बुझाउन र पोषणयुक्त खाद्य सामग्री हस्तान्तरण गर्न नगरपालिकाले ‘आमासँग उपमेयर’ कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । त्यस्तै ‘गर्भवती महिलासँग सञ्चार’ कार्यक्रमअन्र्तगत महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइलमार्फत गर्भवती महिला र शिशुको सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदानका लागि मोबाइल उपलब्ध गराइनेछ ।

त्यसको मासिक प्रतिवेदन नगरपालिकालाई बुझाउनुपर्ने र सो प्रतिवेदन बुझाउन आउँदा उनीहरुलाई यातायात खर्च उपलब्ध गराइने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ । आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सुरक्षित मातृत्व आकस्मिक कोष स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

“नगरपालिकामा सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीका लागि स्तनपान कक्ष निर्माण गर्ने, आमा समूह महिला सहकारी संस्था, किशोरकिशोरी समूह सञ्जाल र एकल तथा लैङ्गिक हिंसा प्रभावित महिलाको क्षमता, संस्थागत र संरचनागत विकास गर्ने नीति नगरपालिकाले लिएको छ’, प्रमुख रावलले भने, ‘अन्यायमा परेका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गलाई न्यायमा सहज पहुँच अभिवृद्धि गर्न नगरपालिकाले उनीहरुको गुनासोलाई तत्काल सम्बोद्धन गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।’

यसैगरी महिला सशक्तिकरण, नेतृत्व विकास, उद्यमशीलता र सीप विकासका लागि निर्णय प्रक्रिया तथा योजना निर्माण, कार्यान्वयन र अनुगमनमा कम्तीमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिने नीति तथा कार्यक्रम रहेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको महिनावारीको समयमा विद्यालयमा नियमित उपस्थिति गराउन विद्यालयमा सेनेटरी प्याड जडान गर्न बजेटको व्यवस्था गरिने तथा बालविकास शिक्षिकालाई थप प्रोत्साहन भत्ता दिइने नीति नगरपालिकाले अगाडि सारेको नगरपालिकाका प्रमुख रावलले बताए ।

वि.सं.२०७६ असार ९ सोमवार १७:५६ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...