back
CTIZAN AD

संविधान कार्यान्वयनमा सबै गम्भीर हुनुपर्छ: गौतम

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

747 

shares

 ३ मङ्सिर,प्यूठान, । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

नेकपा–एमाले प्यूठानले आज स्वर्गद्वारीखालमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा गाउँ जागरण अभियान कार्यक्रममा उहाँले भन्नुभयो – “अहिले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्दछ ।”

उपाध्यक्ष गौतमले “बाहिरी शक्तिको आडमा नेपाललाई टुक्र्याउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधन प्रस्ताव आएको छ, त्यस्तो प्रस्ताव एमालेलाई मान्य हुदँैन” भन्दै हिमाल पहाडलाई तराईबाट अलग््याएर नेपाल बन्न नसक्ने बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो – २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्न सक्छ ।

यसैगरी बर्जिवाङको चाल्नेटारमा निर्माणधिन चाल्नेटार विमानस्थलको अवलोकन तथा कार्यकर्ता भेटघाटमा उपाध्यक्ष गौतमले संविधानको कार्यान्वयनका लागि एमालेले सरकारलाई सहयोग गर्न तयार रहेको भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०८:५१ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...