Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

संविधान कार्यान्वयनमा सबै गम्भीर हुनुपर्छ: गौतम



 ३ मङ्सिर,प्यूठान, । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

नेकपा–एमाले प्यूठानले आज स्वर्गद्वारीखालमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा गाउँ जागरण अभियान कार्यक्रममा उहाँले भन्नुभयो – “अहिले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्दछ ।”

उपाध्यक्ष गौतमले “बाहिरी शक्तिको आडमा नेपाललाई टुक्र्याउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधन प्रस्ताव आएको छ, त्यस्तो प्रस्ताव एमालेलाई मान्य हुदँैन” भन्दै हिमाल पहाडलाई तराईबाट अलग््याएर नेपाल बन्न नसक्ने बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो – २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्न सक्छ ।

यसैगरी बर्जिवाङको चाल्नेटारमा निर्माणधिन चाल्नेटार विमानस्थलको अवलोकन तथा कार्यकर्ता भेटघाटमा उपाध्यक्ष गौतमले संविधानको कार्यान्वयनका लागि एमालेले सरकारलाई सहयोग गर्न तयार रहेको भन्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम