back
CTIZAN AD

ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

918 

shares

३ मङ्सिर,न्युयोर्क । जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गर्नुभएको छ । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विदेशी नेतासँग ट्रम्पको प्रत्यक्ष भेटवार्ता भएको यो नै पहिलो हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको मन्त्रीमण्डल बनाउने विषयमा तयारी भइरहेको अवस्थामा प्रधानमन्त्री आबेले उहाँलाई भेटेर यस्तो विश्वास व्यक्त गर्नुभएको हो । जापानी प्रधानमन्त्री आबेले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता गर्नुभएको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

भेटवार्तापछि पत्रकारहरुसँग जापानी प्रधानमन्त्री आबेले भन्नुभयो – “निकै उपलब्धिमूलक भेटवार्ता भयो, ट्रम्प साँच्चिकै राम्रो नेता हुनुहुँदोरहेछ भन्ने महसुस गरेँ ।” न्यानो वातावरणमा भएको भेटवार्ताले विश्वासको सम्बन्ध विस्तार गरेको आबेको बताउनुभएको छ ।

उहाँले दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो संवाद गर्ने सहमति भएको जनकारी दिनुभयो ।

दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकका रुपमा रहँदै आएका छन् । दोस्रो विश्वयुद्ध यता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाको ठूलो सहयोग रहेको छ । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १०:५० मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...