back
CTIZAN AD

मृत्यु भएको २७ वर्षपछि मार्कोसको अन्त्येष्टि गरियो

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

813 

shares

३ मङ्सिर,मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ ।

मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति रहेको सो अन्त्येष्टि किरिया कर्म अति सामान्य तरिकाले, हल्ला खल्ला नगरी सैनिक सुरक्षाबीच लगभग गोप्य रुपमा सम्पन्न गरिएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यसअघि, फिलिपिन्सको सर्वोच्च अदालतले ‘मार्कोसको शवलाई सम्मानपूर्वक कुनै पवित्रस्थलमा अन्त्येष्टि गर्न सकिने’ भन्ने आदेश जारी गरेको थियो ।

लामो समयसम्म शासन गरेका सैनिक तानाशाह मार्र्कोसले फिलिपिन्समा सन् १९७२ मा सैनिक कानुन (मार्शल ल) लागू भएको घोषणा गरी अति कठोर शासन व्यवस्था सञ्चालन गरेका थिए । जनस्तरमा विस्तारै यसको व्यापक विरोध हुँँदै गई सेनाको पनि समर्थन प्राप्त हिंसारहित जनआन्दोलनले १४ वर्षपछि सन् १९८६ मा मार्कोसलाई अपदस्थ गरेको थियो ।

मार्कोसको पतनपछि फिलिपिन्समा राजनीतिक उथलपुथल र विभिन्न पार्टीहरुको सत्तामा पुग्ने होडबाजीका कारण मुलुक अस्थिरताको भुमरीमा नराम्ररी फस्न पुग्यो । यस्तै चरम राजनीतिक भुमरीबीच मार्कोस पलायन भई अमेरिकाको हवाई पुगेका थिए । हवाईमा आफ्नी पत्नी र परिवारसँग बस्दै आएका मार्कोसको सन् १९८९ मा मृत्यु भएको थियो ।

मृत्यु भएको चारवर्षपछि सन् १९९३ मा उनको शवलाई फिलिपिन्स फर्काइ उनकै गृहनगर इलोकोस नोर्टेमा राखियो । अन्तिम श्रद्धाञ्जलि दिन उनका समर्थकहरुलाई सहज होस् भन्ने अभिप्रायले सबैले देख्न सक्ने गरी मार्कोसको शवलाई सीसाको बाकस (ग्लास कफिन) मा राखिएको थियो । मार्कोसको शव राखिएका कारण इलोकोस नोर्टे पनि फिलिपिन्समा पर्यटनको आकर्षक एक प्रमुख गन्तव्य बन्न पुगेको थियो ।

उनलाई सत्ताच्युत गर्न सुरु भएको हिंसारहित जनआन्दोलनको अवधिभर मार्कोसले अतिशय ज्यादति गरी हजारौँ नागरिकलाई बन्दी बनाउने, सयौँको हत्या गर्नेजस्ता जघन्य अपराध गरेका कारण फिलिपिन्सका अधिकांश जनता उनीप्रति आक्रोशित थिए र सधैँभरि उनलाई घृणा गर्थे । यसैको परिणामस्वरुप उनको मृत्युपछि पनि शवको अन्त्येष्टि गर्ने विषयमा जनस्तरमा ठूलो विवाद उत्पन्न भई देशमा शव फर्काएर ल्याएको १९ वर्षसम्म पनि अन्त्येष्टि हुन सकेको थिएन ।

यता, मार्कोसकी विधवा पत्नी इमेल्डा मार्कोस र छोराहरुले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा हालेकामा अन्त्यमा सर्वोच्च अदालतले ‘शवलाई सम्मानपूर्वक कुनै पवित्रस्थलमा अन्त्येष्टि गर्न सकिने’ भन्ने आदेश जारी गरी मुद्दा टुङ्गो लगाइदियो । सर्वोच्च अदालतको आदेशपछि पनि जनआक्रोश भने मत्थर भएको छैन ।

“देशका वीर योद्धाहरुको पवित्र समाधिस्थलमा सँगसँगै तानाशाह र दुष्ट शासकको शव अन्त्येष्टि गर्दा सहिदहरुको अपमान हुने” भन्दै फिलिपिन्सका प्रखर वामपन्थी नेता बोनिफासियो इलागानले “चोरले राति राति गर्ने चोरीकर्म जस्तै सरकारले पनि मार्कोसको शव गाडेको, मार्कोसको सन् १९७२ को मार्शललाई अहिलेको सरकारले अनुशरण गरेको” आरोप लगाए ।

फिलिपिन्सका वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको स्वर्गीय मार्कोसको परिवारसँग निकट सम्बन्ध रहेको, राष्ट्रपति पदमा डुटेर्टेको विजय हुनुमा मार्कोस समर्थकहरुको हात रहेका कारण डुटेर्टे मार्कोस परिवारको ऋणि बनेको भन्ने विपक्षीहरुको बुझाइ छ ।

मार्कोसको शवलाई कडा सुरक्षाबीच राजकीय सम्मानका साथ अन्त्येष्टिस्थलसम्म पु¥याइएको, अन्त्येष्टि समारोहमा उनकी विधवा पत्नी इमेल्डा मार्कोस र छोराहरु परम्परागत कालो पोसाकमा उपस्थित भएका र फिलिपिनी सेनाले मार्कोसलाई अन्तिम श्रद्धाञ्जलिस्वरुप २१ तोपको सलामी दिएको पनि जनाइएको छ । रासस÷एपी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १०:४५ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...