गोरखा समाज अष्ट्रेलियाले यहि अगष्ट १८ तारिक आईतबारको दिनमा सिड्नीको लिड्कम स्थित वोयाट पार्कमा गाईजात्रा तथा तीज महोत्सब २०१९ को आयोजना गर्दैछ ।
प्रबासमा रहेर पनि नेपाली कला र सँस्कृतिको संरक्षण गर्ने र समुदायमा भैरहेका अन्य साँस्कृतिक साझा कार्यक्रम भन्दा नितान्त फरक हाँस्य र मनोरञ्जनलाई समेट्ने गरि प्रस्तुत हुने नेपालको प्रचलित तथा मौलिक गाईजात्राको साथमा तीजका कार्यक्रम प्रस्तुत हुने आयोजक सँस्थाले जनाएको छ ।
नेपालका चर्चित हाँस्य कलाकारद्वय राजा राजेन्द्र र चर्चित हाँस्य तथा लोक गायिका बबिता बाँनिया(जेरी) को बेजोड प्रस्तुती रहने पनि आयोजकले गोरखा समाजले बताएको छ । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा अघिल्लो बर्ष अष्ट्रेलायामै पहिलो पटक ऐतिहासिक गाईजात्रा भब्यताको साथ सम्पन्न भएको थियो ।
मल्टि डाईनामिक रियल स्टेटको प्रमुख प्रायोजन रहेको यस कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल गर्न आयोजक सँस्थाले अष्ट्रेलियाबासी जनसमुदायमा अपस्थिति र आबश्यक सहयोगको लागि हार्दिक अनुरोध गरेको छ ।
वि.सं.२०७६ असार २८ शनिवार १७:१२ मा प्रकाशित






























