Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए साउदी अरबको १२ औं बार्षिकोत्सव सम्पन्न



१५ जुलाई, साउदी । गैरआवासीय नेपाली संघ साउदी अरबले आफ्नो १२ औं वार्षिकोत्सव जेद्धास्थित अलहयात जेद्दा कन्टिनेन्टल होटेलमा सम्पन्न गरेको छ ।

आफ्नो स्थापनाकालको बाह्र वर्ष पूरा गरेको अवसरमा संघले १२ जुलाइ, शुक्रवार विशेष समारोह कार्यक्रम गरि भव्यताका साथ मनाएको हो ।

सन् २००७ मा विधिवत रूपमा स्थापना गरिएको संस्था हाल साउदी अरबमा सबैको साझा सामाजिक संस्थाको रुपमा परिचित छ । विशेषत बैदेशिक रोजगारीमा आउने श्रमजीवी नेपालीहरुको हकहित र उनीहरुको समस्या समाधान र न्यूनीकरण गर्न संघले सम्बन्धित निकाय, सरोकारवालाहरु समन्वयकारी भूमिका निर्वाह गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पीडितहरुलाइ सहयोग र उद्धार गर्ने काममा सक्रिय हुदै आएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका अध्यक्ष नारायण पासवानको सभापतित्वमा सम्पन्न कार्यक्रम परिषद्का उपाध्यक्ष ध्रुब रिजाल र महासचिव तेज थापाले संयुक्तरुपमा संचालन गरेका थिए ।

नेपाली महाबाणिज्य दुतावासका का.बा. महाबाणिज्यदूत रेवतीरमण पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु बाणिज्यदूत मनहरी दंगाल, गैरआवासीय नेपाली संघ अन्तर्रािष्ट्रय समन्वय परिषदका मानार्थ सदस्य राजु सैयद, एनआरएनएन आइसिसि सदस्य एवम् वैदेशिक रोजगार तथा आप्रबाशी नेपाली कामदार कल्याण समितिका मध्यपूर्व सहसंयोजक जोन अर्याल, NRNA ICC सदस्य तथा CAARFC मध्यपूर्व  Regional Chair धरम के.सी. रहेका थिए ।

त्यस्तै अथितिहरुमा जिजान क्षेत्रीय समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, जेद्दा क्षेत्रीय समन्वय समितिका का.बा. अध्यक्ष राज कुमार गिरी, तमु धि जेद्दाका अध्यक्ष बेद कुमार गुरुंङ, नेपाल तामांग घेदुंग जेद्दाका अध्यक्ष दिल बहादुर थिंग, नेपाली सेवा समाज जेद्दाका अध्यक्ष दिनेश क्षेत्री, जेद्दा समन्वय समितिका संयोजक पूर्ण बहादुर कार्की, कि.रा.या. का सचिव गुराँस राई, हेल्प मधेशी साउदी अरबका सचिव मुनिर रैन, नेपाली युवा कल्बका अध्यक्ष कृष्ण भट्टराई, संरक्षक दुर्गा बिक र वित्तीय संस्थाका प्रतिनिधि सैलेन्द्र चौधरी थिए भने बुद्धिजिवी, समाजसेवी लगायत नेपाली जनसमुदायहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पुर्व निर्धारित समय भन्दा केहि ढिला १ बजे देखि दिप प्रज्वलन गर्दै सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अतिथिहरुद्वारा केक काटी बाह्रौ वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो भने बेलुका ७ ः३० बजे समापन भएको थियो ।

पहिलो चरणको कार्यक्रम अन्तरगत बार्हौ वार्षिकोत्सवमा आमन्त्रित सम्पूर्ण महानुभावहरुलाई परिषदका उपाध्यक्ष ध्रुब रिजालले आफ्नो स्वागत मन्तब्य द्वारा स्वागत गरेका थिए । त्यसैगरि संस्थाको बार्षिक कार्यप्रगति विवरण परिषद्का महासचिव तेज थापाले सुनाएका थिए भने संस्थाको आर्थिक प्रतिवेदन परिषद्का सदस्य रोशन श्रेष्ठले पढेर सुनाएका थिए ।

दोस्रो चरणको कार्यक्रम अन्तगत अतिथिहरुको शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि का.बा. महाबाणिज्यदूत रेवतीरमण पौडेलले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्मा साउदी अरबको उपस्थिति बाक्लो बनाउनु पर्ने बताएका थिए । उनले भने, ‘एनआरएन साउदी अरबले एउटा यस्तो आर्थिक कोषको स्थापना गरोस् जुन कोषको उद्देश्य बैदेशिक रोजगारीमा आएर बिदेशी भूमिमा ज्यान गुमाउने श्रमिक नेपालीहरुका बालबालिकाहरुलाई आवासीय विद्यालयमा छात्रवृत्तिमा पठनपाठन गराउन सकोस् ।’

पौडेलले नेपाल सरकारले भर्खरै ल्याएको सामाजिक सुरक्षा कार्यक्रममा नेपालका श्रमिकहरुलाइ मात्र नभएर बैदेशिक रोजगारीमा आउने नेपालीहरुलाइ पनि समावेश गराउन एनआरएनले नेपाल सरकारसँग संस्थागत पहल गर्नुपर्ने समेत बताउँदै अरसीसी जेद्दाको पाँचौ अधिबेशनद्वारा निर्वािचत हुने नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको लागि अग्रिम शुभकामना दिएका थिए ।

शुभकामनाकै क्रममा विशिष्ट अतिथि बाणिज्यदूत मनहरी दंगालले एनआरएनले महाबाणिज्य दुताबासको सहकार्यमा विभिन्न सामाजिक क्रियाकलाप, जनस्वास्थ्य सँग सम्बन्धित जनचेतना मुलक कार्यक्रमहरु गर्दै श्रमिक नेपालीहरुको हितमा सदैव अग्रास्थान रहदै आएकोमा मुक्तकण्ठले प्रशंशा गर्नु भएको थियो । त्यसैगरी बाँकि अतिथिहरुले पनि एनआरएनले श्रमिक हितको लागी खेलेको भूमिकाको बारेमा बोल्नु भएको थियो ।

सोही वार्षिकोत्सव समारोह कार्यक्रमका दौरान नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदूत मनहरी दंगालको संस्थागत विदाइ कार्यक्रम समेत गरिएको थियो ।

बाणिज्यदूत दंगाल आफ्नो चार वर्षको कार्यकाल समाप्त गरेर नेपाल फर्कदै छन् । दंगाललाइ सभापति र प्रमुख अतिथिद्धारा दोसल्ला ओढाई प्रशंशा पत्र हस्तान्तरण गरिएको थियो भने उपस्थित अतिथि लगायत सहभागीहरूले खादा लगाई बिदाई गरेको गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रमको अन्त्यमा सभापति पासवानले एनआरएन सदैव श्रमिकको हकहितमा समर्पित एक सामाजिक संस्था भएको बताउनुका साथै बैदेशिक रोजगारीको क्रममा पिडित नेपालीको सहयोगमा साउदी अरबको जुनसुकै कुनामा भएपनि सहयोग उपलब्ध गराउन सक्षम रहेको जाकारी गराउदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्दै बाह्रौ वार्षिकोत्सव समापन भएको घोषणा गरेका थिए ।

जेद्दाको पाँचौ अधिबेशन सम्पन्न पदाधिकारी निर्विरोध
वार्षिकोत्सव समापनको घोषणा पश्चात त्यसै हालमा एनआरएन क्षेत्रीय समन्वय समिति जेद्दाको पाँचौ अधिवेशन सुरु भएको थियो जुन समितिका का.बा. अध्यक्ष राजकुमार गिरीको सभापतित्वमा सम्पन्न भएको थियो भने आरसीसी जेद्दाका कार्यप्रगति विवरण समितिका सचिव चेतनाथ निरौलाले प्रस्तुत गरेका थिए ।

त्यस्तै आर्थिक बिवरण समितिका कोषाध्यक्ष राजेश काफ्लेले सुनाएका थिए ।

पदाधिकारीहरुको हौसला बढाउन योगदानको आधारमा प्रोत्साहन स्वरूप क्षेत्रीय NRNA वर्ष व्यक्तिको उपाधि समितिका सहसचिव रुद्र गिरीलाइ एनआरएन अध्यक्ष नारायण पासवान, प्रमुख अतिथिले संयुक्त रुपमा प्रदान गरेका थिए । आरसीसी जेद्दाका पाँचौ अधिवेशनका सभापति राजकुमार गिरीले २०१७–०१९ को समिति बिघटन भएको घोषणा गरे लगतै निर्वाचन कमिटिका संयोजक सन्तोष लुइँटेलले २०१९–०२१ को कार्यकालका लागि उम्मेदवारहरुको सूची पेश गरेका थिए ।

उक्त सूचीमा कसै उपर दाबिबिरोध नपरेपछि सबै उम्मेदवार निर्बिरोध निर्वािचत भएको घोषणा गरिएको थियो ।

सोहि अवसरमा निर्विरोध निर्वाचित समितिका अध्यक्ष नारायण पासवानले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाइ सपथग्रहण गराएका थिए । अन्तमा नव निर्वाचित आरसीसी जेद्दाका अध्यक्ष राजकुमार गिरीले समितिको भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा केहि मनोरंजनात्मक गीतसंगीतहरु पनि प्रस्तुत गरिएको थियो भने मिडिया पार्टन समेत रहेको डिसी नेपाल गल्पÞmले कार्यक्रमलाइ प्रत्यक्ष प्रसारण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले