
८ साउन, काठमाण्डौं । आइसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनौटको अन्तिम चरणको आजको खेलमा मलेसियाले नेपालललाई ८४ रनको लक्ष्य दिएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालको आजको खेलमा मलेसियाले ७ विकेट गुमाउँदै ८४ रनको लक्ष्य नेपाललाई दिएको छ ।
आजको खेलमा सोमपाल कामीले नौ रन दिदै मलेसियाको ३ विकेट लिएका थिए भने सन्दिप लामिछानेले पहिलो बलमै एक छक्का दिदैं १ विकेट लिएका थिए ।
त्यस्तै करण केसीले १ विकेट र अन्तिम ओभरमा बसन्त रेग्मीले २ विकेट लिएका थिए ।
आजको खेलमा पारस खड्का विना पनि राम्रो फिल्डिङ भएको क्रिकेट प्रेमिहरुको भनाई छ ।