back
CTIZAN AD

प्रस्तर कलाले थपिदियो रानीपोखरीमा चमक

वि.सं.२०७३ मंसिर ५ आइतवार

975 

shares

५ मङ्सिर,रत्ननगर (चितवन) । हेटौँडाका एक मूर्तिकारले चित्रवन नगरपालिकामा रहेको ऐतिहासिक रानीपोखरीमा सुन्दर युवती (रानी) पानीमा नुहाएर लामो कपाल फिजाई निस्कँदै गरेको दृश्य विशाल ढु¬ङ्गामा उतारे ।

“विगतमा यो पोखरीमा रानी थिइन् होला, रानीले पौडी पनि खेल्थिन् होला, रमाउँथिन् होला,” रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारको भनाइ उद्धृत गर्दै भन्नुभयो – “त्यही उतार्छु भनेर ढुङ्गा खोप्न थाल्नुभयो, पछि दुरुस्तै पारेर जानुभयो ।”

जिल्ला सदरमुकाम भरतपुरबाट करिव १५ किलोमिटरको पश्चिममा पर्ने रानीपोखरीमा आएका आन्तरिक पर्यटक रानीसँग सेल्फी नलिई फर्कने कमै हुन्छन् । द्वारभित्र पस्ने वित्तिकै दायाँपट्टि रानीको मूर्ति छ । त्यसको बायाँपट्टि केही पर एउटा दर्दनाद दृश्य ढुङ्गामा खोपिएको छ । एउटा शिशुको अकालमै मृत्यु हुन्छ । अनि त्यो आमालाई प्रसव पीडा कति हुँदो हो । आमाले मरेको शिशुलाई काखमा च्यापेर घोप्टो परी भावविह्वल भएको दृश्य एउटै ढुङ्गामा उतारिएको छ । आमाको मात्र वात्सल्य देख्दा जो कोही पनि भावविह्वल हुन्छन् । रानीपोखरी घुम्न आउनुभएका आन्तरिक पर्यटक मनोज अर्याल भन्नुहुन्छ, “गहिराइमा पुगेर करिव १५ मिनेट घोत्लिनुस् तपाईको मन थामिँदैन ।” त्यो ढुङ्गाको दृश्यले आफूलाई भावुक बनाएको अर्याल बताउनुहुन्छ ।

एउटा ढुङ्गामा निकुञ्ज उतारिएको छ । निकुञ्जमा हुने जनावरहरु हात्ती, गैंडा, अर्ना, जरायो, माछाका आकृतिले रानी पोखराको चमक थपिदिएको छ । मूर्तिकार गोविन्द चौधरीले एउटै ढुङ्गामा एकापट्टि पञ्चनाग र अर्काेपट्टि थारु महिलाको आकर्षक तस्बिर कोर्नुभयो । भीम श्रेष्ठले कमलको फूलमाथि युगल जोडीको प्रेमिल सम्बन्ध उतारिदिनुभयो ।
झापाका हिम्मत नेम्वाङले ढुङ्गालाई नयाँ आकार दिँदै अग्रभाग घोडाको जस्तो र पश्चभाग कछुवाको आकृतिमा ढालेर नयाँ सन्देश छाड्नुभएको छ । “मानिस जहिले पनि घोडाको जस्तो छलाङ मार्नुपर्छ र कछुवाको जस्तो स्थिर रुपमा काम गर्नुपर्छ भन्ने सन्देश हो,” कलाकारकै शब्द सापटी लिँदै अध्यक्ष गुरुङ भन्नुहुन्छ । पहिले रानीपोखरीमा हाँस प्रशस्तै थियो अहिले लोप भयो तर कलाकार इन्दिरा श्रेष्ठले कहिल्यै लोप नहुने गरी ढुङ्गामै भएपनि हाँस बनाउनुभयो । कतै भ्यागुताका आकृति छन्, त कतै अमूर्त आकार कोरिएका छन् । देशका विभिन्न क्षेत्रका २४ जना कलाकारले चितवनको जुगेडीबाट लगिएको विशाल ढुङ्गामा २४ मूर्ति कोरेर गएपछि रानीपोखरीको चमक थपिएको छ । स्थानीयवासी विलबहादुर नेपाली भन्नुहुन्छ – “अहिले रानीपोखरीको मुहार नै फेरियो, आन्तरिक पर्यटक समेत यो मूर्ती बनेपछि बढेका छन् ।”

पचास लाख रुपैयाँको लागतमा २०७१ सालमा ललितकला प्रज्ञाप्रतिष्ठानको सहयोगमा राष्ट्रिय प्रस्तर मूर्ति रचना कार्यशालामा बनाइएका ढुङ्गाका आकर्षक मूर्तिले रानीपोखरीको मुहार नै फेरिदिएको हो । “अन्तराष्ट्रिय कार्यशाला गर्ने सोच छ, तर बजेट अभाव छ,” अध्यक्ष गुरुङले भन्नुभयो – “खुला मूर्ति सङ्ग्रहालय बनाउने सोच हाम्रो हो, म सबैसँग सहयोग गर्न आग्रह गर्छु ।”

साविक शारदानगर गाविसको वडा नम्वर ४ र ५ मा पर्ने यो रानीपोखरी हाल चित्रवन नगरपालिकाको ४ र ५ वडामा पर्छ । स्थानीयवासीले थाहा पाएअनुसार मल्लकालमै यहाँ रानीका नाममा पोखरी खनिएको हो । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार ११:१५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...