Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

‘मै मरे तिमीलाई कस्ले माया गर्ला’ भनेको केही समयमै संसार छाड्नुपर्यो समिक्षालाई



१३ साउन, काठमाण्डौं । अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत स्याङजाकी समिक्षा सुवेदी, गोपाल भण्डारी, सागर भट्टराई, संगीता देवकोटा र अश्विन कँडेल । क्यानवेराबाट दुईघण्टा टाढा रहेको स्नोइ माउन्टेनमा हिउँ खेल्न गएका थिए ।

तीनवटा गाडीमा सिड्नीबाट छुटेका १५ जना नेपाली विद्यार्थीहरु हिउँ खेल्नका लागि शनिबार सिड्नीबाट हिँडेका थिए । उनीहरु त्यो रात क्यानवेरामा बसेर क्याम्पङि गरेर आइतबार स्नो माउन्टेन चढ्ने योजना थियो । तर, आइतबार बिहाँन ४ बजे समिक्षा सहितको ५ जनाको टोली अन्य १० जनालाई छोडेर कार लिएर माउन्टेनतिर लाग्यो ।

क्यानबेरा पुग्न केही समय रहँदा समिक्षाको टिमले गीत पनि गाएको थियो । गीतमा भनिएको थियो, ‘मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ’ कारमा सवार रहेका उनीहरुले यहि गीत गाउँदै फेसबुक लाइभ समेत गरेका थिए । फेसबुकमा माइलाले कसैलाई मिस गरेको भनेर पछाडि बसेको साथीलाई समिक्षाले जिस्क्याएकी पनि थिइन् । तर, उनलाई के थाहा ‘मै मरे तिमीलाई कस्ले माया गर्छ’ भनेर गीत गाएको केही घण्टापछि आफूले यो धर्ति छाडेर जानुपर्छ भनेर ।

गाडीमा साथीहरुसँग रमाइलो गर्दै फेसबुक लाइभ गरेका उनीहरु क्यानबेरा पुग्नै लागेको र त्यहि रात विताएर अर्कोदिन हिँउ खेल्न जाने भन्दै खुसी भएका थिए ।

क्यानबेराबाट दुईघण्टाको दूरीमा रहेको स्नोइमाउण्टेनमा छिटै पुगिने भनेर उनीहरु राति नै हिँडेको बताइएको छ ।

स्नो माउण्टेन जान हिँडेका उनीहरुको क्यानबेराको नजिकै रहेको मोरना हाइवेमा दुर्घटना भएको थियो । सोहि दुर्घटनामा समिक्षा र गोपालको मृत्यु भयो अन्य तीनजना घाईते भए । अष्ट्रेलियन प्रहरीका अनुसार सवारी द्रुतगतिमा भएका कारण दुर्घटना भएको हो ।

उनीहरुलाई हेलिकप्टरमा राखेर उद्धार गरिएको थियो । दुर्घटनामा घाईते भएका अश्विनी कंडेल क्यानबेरा नजिकै रहेको कुमा अस्प्तालमा उपचार गरेर फर्किएका छन् भने सागर भट्टराई र संगीता देवकोटाको क्यानेबराको एक अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको क्यानवेरास्थित नेपाली दूतावासले जनाएको छ ।

फोटो समिक्षा सुवेदीको फेसबुक वालबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले