
३१ जुलाई, पोर्चुगल । नेपाली जनसम्पर्क समिति पोर्चुगलले नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
अगस्त १२ मा पोर्चुगलको लिस्बोनमा आयोजित उक्त साधारणसभा तथा प्रशिक्षण कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही विशिष्ठ अतिथिको रुपमा सहभागी हुने पनि समितिले जनाएको छ ।
समितिले नेपाली कांग्रेसप्रति आस्थावान एवम् नेपाली जनसम्पर्क समिति पोचुर्गलमा आवद्ध तथा समर्थित सम्पूर्ण महानुभावलाई उक्त कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेको छ ।
नेता शर्माको उपस्थितिमा १३ अगस्तमा जनजागरण अभियान अन्तर्गत पार्टीको बर्तमान अवस्था र आगामी दिनमा पार्टीको नीति तथा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण कार्यक्रम पनि राखिएको समितिले जनाएको छ । साथै प्रशिक्षण कार्यक्रममा सहभागी हुन चाहाने समितिका पदाधिकारीहरुले अगस्त १० सम्म नाम दर्ता गराउन पनि समितिले अनुरोध गरेको छ ।
कार्यक्रमस्थल, लिस्बन जिम क्लब
Ginasio Clube)
Rua dos Anjos 63
समय दिउँसोको ३ः३० बजे