back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति पोर्चुगलको साधारणसभा तथा प्रशिक्षण कार्यक्रम हुँदै

वि.सं.२०७६ साउन १५ बुधवार

774 

shares

३१ जुलाई, पोर्चुगल । नेपाली जनसम्पर्क समिति पोर्चुगलले नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

अगस्त १२ मा पोर्चुगलको लिस्बोनमा आयोजित उक्त साधारणसभा तथा प्रशिक्षण कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही विशिष्ठ अतिथिको रुपमा सहभागी हुने पनि समितिले जनाएको छ ।

समितिले नेपाली कांग्रेसप्रति आस्थावान एवम् नेपाली जनसम्पर्क समिति पोचुर्गलमा आवद्ध तथा समर्थित सम्पूर्ण महानुभावलाई उक्त कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेको छ ।

नेता शर्माको उपस्थितिमा १३ अगस्तमा जनजागरण अभियान अन्तर्गत पार्टीको बर्तमान अवस्था र आगामी दिनमा पार्टीको नीति तथा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण कार्यक्रम पनि राखिएको समितिले जनाएको छ । साथै प्रशिक्षण कार्यक्रममा सहभागी हुन चाहाने समितिका पदाधिकारीहरुले अगस्त १० सम्म नाम दर्ता गराउन पनि समितिले अनुरोध गरेको छ ।
कार्यक्रमस्थल, लिस्बन जिम क्लब
Ginasio Clube)
Rua dos Anjos 63

समय दिउँसोको ३ः३० बजे

वि.सं.२०७६ साउन १५ बुधवार २१:१८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...