
५ अगस्त, इटाली । भूपु गोर्खाहरुले राखेको बेलायती सेना सरहको समान पेन्सन लगायतका मागप्रति एनआरएनएले ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।
ईटालीको रोममा ३ र ४ अगस्तमा आयोजित गैरआवासीय नेपाली संघको १२ औं युरोप क्षेत्रिय बैठकका क्रममा भूपु गोर्खाहरुको मागमा ऐक्यबद्धता जनाउने संघले घोषणा गरेको हो ।
उक्त निर्णयमा भूपु गोर्खाको मागप्रति ऐक्यबद्धता जनाउँदै कुटनीतिक माध्यमबाट उक्त विषय सम्बोधनका लागि नेपाल सरकारसँग आग्रह गर्ने जनाइएको छ ।
बैठकल निर्णय गरेको १७ नम्बर बुँदामा रहेको उक्त निर्णयमा भनिएको छ ‘गैरआवासीय नेपाली संघ भूपु गोर्खाहरुले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै कुटनीतिक माध्यमबाट सो विषय सम्बोधनका लागि नेपाल सरकारसँग आग्रह गर्दछ ।’