back
CTIZAN AD

पूर्वी अलेप्पो अस्पताल बिहीन : राष्ट्रसङ्घ

वि.सं.२०७३ मंसिर ७ मंगलवार

795 

shares

७ मंसिर, जेनेभा (स्वीट्जरल्यान्ड) । सिरियाको पूर्वी भूभागमा रहेको अलेप्पो सहरमा दुई लाख ५० हजार मानिस बसोबास गर्दै आए पनि सरकार र विद्रोहीबीचको द्वन्द्वका कारण स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पलायन हुँदा अस्पतालहरू कार्यरत अवस्थामा नरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन (डब्लूचएओ) ले आइतबार एक विज्ञप्ति जारी गर्दै राज्यमा भएको गृहयुद्धले अस्पताल तथा अन्य स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थालाई समेत निशाना बनाएपछि हाल कुनै पनि अस्पताल सेवा प्रदानगर्ने अवस्थामा नरहेको जनाएको हो ।

गत मङ्गलबार सरकारद्वारा विद्रोहीविरुद्ध आक्रामक रूपमा उक्त क्षेत्रमा धावा बोलेपछि दुई लाख ५० हजार जनसङ्ख्या भएको पूर्वी अलेप्पोमा नागरिकले सामान्य साना क्लिनिकबाट पाउने सेवा बाहेक अन्य सेवाबाट बञ्चित हुनुपरेको डब्लूएचओले जनाएको छ ।

उक्त क्षेत्रमा मानवीय विपत्तिलाई जोगाउनका गागि गरिने हर किसिमका प्रयासहरू असफल हुँदा स्वास्थ्यसम्बन्धी ठूला विपत्ति आएको अवस्थामा समेत काम गर्न कठिन बनेको सिरियाका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभयो ।

अलेप्पोको सरकार नियन्त्रित पश्चिम भूभागमा समेत विद्रोहीको निरन्तर आक्रमण भएको जनजीवन प्रभावित बने पनि अधारभूत मानवीय सहयोग सामग्रीको आपूर्ति भने भइरहेको उहाँको भनाई छ । एएफपी

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:३६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...