back

अमेरिकी नागरिकलाई यूरोप जाँदा सतर्क रहन आग्रह

वि.सं.२०७३ मंसिर ८ बुधवार

339 

shares
NTC AD

८ मंसिर, वासिङ्टन (अमेरिका) । अमेरिकी विदेश विभागले विदा मनाउन यूरोप जान चाहने अमेरिकी नागरिकमाथि आतङ्कवादी हमला हुनसक्ने खतरा रहेको बताउँदै यात्राका समयमा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा अमेरिकी नागरिकले “विदामा यूरोपमा हुने उत्सव, कार्यक्रम तथा बाहिरी बजारमा जाँदा सतर्कता अपनाउन” भनिएको छ ।

विभागले यो सतर्कताका लागि सूचना फेब्रुवरी २० सम्मलाई मध्यनजर गरी जारी गरेको हो ।

विज्ञप्तीमा अतिवादी समूहबाट यूरोपमा आक्रमण जारी राखेको । अमेरिका तथा यूरोप वर्षको अन्त्य तथा नयाँ वर्षको सुरुवातमा दिइने लामो विदा बिताउन विदेश यात्रामा निस्कने कुरालाई मध्यनजर गर्दै विदेश विभागले सो सूचना जारी गरेको हो ।

सूचनामा कसले र कस्तो किसिमका आक्रमण हुन सक्ने सम्भावना छन् भनी विस्तारमा केही बताइएको छैन ।

सन् २०१५ को जनवरी पछि एक पछि अर्को गर्दै भएको आक्रमणमा फ्रान्स र बेल्जियममा २५० मानिसको मृत्यु भएको थियो भने सयौँ अन्य घाइते भएका घटनामा अतिवादी इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो । एपी

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:३७ मा प्रकाशित

ADBL AD
अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

सेडार की, संयुक्त राज्य अमेरिका । अमेरिकामा ‘हेलेन’ नामक आँधीका...

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

मस्को । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी...

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु...

इजरायली आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु

इजरायली आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु

दमास्कस । लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा...

मानव बलि चढाएको आरोपमा पाँच जना पक्राउ

मानव बलि चढाएको आरोपमा पाँच जना पक्राउ

लखनाउ (भारत) । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको...

पुटिनको ‘लापरवाहीपूर्ण’ आणविक हतियारको धम्की इयुद्वारा अस्वीकार

पुटिनको ‘लापरवाहीपूर्ण’ आणविक हतियारको धम्की इयुद्वारा अस्वीकार

ब्रसेल्स ।  युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई...