back

ग्रीक नागरिक कर्जा विषयमा राष्ट्रिय सहमति चाहन्छन्ःसर्वेक्षण

वि.सं.२०७३ मंसिर ८ बुधवार

636 

shares

८ मंसिर, एथेन्स (ग्रीक) । अधिकांश ग्रीक नागरिक विश्व समुदायबाट ग्रीसमा प्रवाह गरिएको कर्जाका विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने मान्यतामा रहेको मङ्गलबार सर्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले जनाएको छ ।

ग्रीक ‘इफिमेरिडा टन सिन्टाक्टन’ दैनिकका लागि सर्वेक्षण संस्था एएलसिओले गरेको सर्वेक्षण प्रतिवेदन मङ्लबार सार्वजनिक भएको हो ।

सर्वेक्षणले ८३ प्रतिशत सहभागीले ग्रीसका राजनैतिक दलले कर्जा सम्बन्धमा एकतावद्ध भएर कर्जा समस्या समाधान विषयमा आफ्नो अडान राखुन् भनी प्रतिक्रिया दिएका जनाएको बताउको छ ।

यसैबीच, सर्वेक्षणमा ८६ प्रतिशत सहभागीले राज्यको कर्जाभारलाई अन्तरराष्ट्रिय कर्जा दातासँगको सहकार्यमा कम गर्दै जानुपर्ने बताएका सर्वेक्षणले देखाएको छ । त्यसैगरी छ प्रतिशत नागरिकले मुलुकको कर्जा भार वर्तमान समयका लागि वहन योग्य रहेको बताएका छन् ।

¬

ग्रीसमा छ वर्षसम्म पिडादायी वित्तीय सङ्कट देखिएको र यसलाई सुधार गर्न वर्तमान सिप्रास सरकार केही हदसम्म सफल रहेको देखिएको छ ।

ग्रीक सरकारले यूरोपेली सदस्य समूह राष्ट्रको आगामी डिसेम्बर ५ मा हुने बैठकमा कर्जा राहत विषयमा छलफल हुने विश्वास लिएको छ तर केही करदाताले भने छिट्टै यस विषयलाई सम्बोधन गर्न असहमत देखिने बताइएका छन् । एएफपी

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:३९ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...