back
CTIZAN AD

टर्कीद्वारा ‘असफल राज्य विद्रोह’ मुद्दामा दश हजार कर्मचारीलाई बर्खास्त

वि.सं.२०७३ मंसिर ८ बुधवार

687 

shares

८ कात्तिक, अङ्करा (टर्की) । टर्कीमा सन् २०१६ को जुलाई १५ मा भएको ‘असफल राज्य विद्रोह’ मा सहभागी भएको आरोपमा अहिलेसम्म सेना, प्रहरी तथा अन्य सरकारी अधिकारीसहित १० हजार कर्मचारीलाई बर्खास्त गरेको यहाँको सरकारी वेवसाइटमा सार्वजनिक गरिएको अनादोलु न्यूज एजेन्सीले जनाएको छ ।

बर्खास्त परेको अधिकांश कर्मचारीमाथि टर्कीका इश्लामिक धर्मगुरु फेतुल्लाह गुलेन, जसले अमेरिकामा स्वघोषित निर्वासन जीवन विताइरहनुभएको छ, को सरकार विरोधी अभियानमा साथ दिन जुलाई १५ मा असफल राज्य विद्रोहीको प्रयास गरेको आरोप लगाइएको छ ।

सरकारको पछिल्लो निर्णयबाट एक हजार २५९ स्थल कमाण्ड, ३९१ नौसेना कमाण्ड र ३३८ हवाई कमाण्ड अन्तर्गतका सैनिक अधिकारीलाई बर्खास्त गरिएको बताइएको छ ।

त्यसैगरी, ‘जेन्डमेरी जलरल कमाण्ड’ अन्तर्गत ४०३ जना बर्खास्तमा परेका छन् भने सात हजार ५८६ प्रहरी अधिकारीलाई सेकुरिटी जेनरल डाइरेक्टरेटले पदमुक्त गरेको छ ।

पछिल्लो जानकारी अनुसार ११७ सार्वजनिक संस्थामा कार्यरत अधिकारीलाई सफाइ दिइएको छ ।

टर्की सरकारले कारवाही अन्तर्गत ५५० जना गैरसरकारी सङ्घसंगठन १९ नीजि स्वास्थ्य संस्था र नौवटा सञ्चार माध्यमलाई बन्द गराएको छ ।

यी सबै टर्कीमा जुलाई १५ मा गरिएको असफल सैनिक विद्रोहमा सम्लग्न वा सहयोग गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई देशमा सङ्कटकालको घोषणा भएपछि गरिएको कारवाही हुन् भने सरकारले सङ्कटकालको अवधिलाई थप तीन महिना अर्थात् आगामी जनवरीसम्मको लागि बढाएको छ ।

यसैबीच, मङ्गलबार पनि ६० वायुसेनामा कार्यरत अधिकारी माथि पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जारी गरिएको व्यक्तिहरुमा सैनिक पाइलट देखि सामान्य अधिकारीसम्म रहेका छन् । उनीहरुलाई आतङ्कवाद विरोधी अनुसन्धान अन्तर्गत अनुसन्धानका लागि पक्राउ गर्ने गरी पूर्जी काटिएको सरकारलाई उद्धृत गदै यहाँको अनादोलु न्यूज एजेन्सीले जनाएको छ । सिन्ह्वा

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:४० मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...