६ भाद्र, काठमाडौँ । प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे विरूद्ध मुद्दा दायर गरिएको छ ।
मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने पाँचखाल प्रहरीमा कार्यरत रहेका मोटर साईकल गस्तीमा हिंड्ने प्रहरी कर्मचारीहरू समेतले चेक गर्ने बहानामा दुख हैरानी दिंदै घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रु २ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका हायु र लामगादेलाई अनुसन्धानको क्रममा सेवाग्राहीलाई ट्रिपर रोक्न लगाई बालुवाबाट पानी चुहाएकोले पक्राउ गरी कारवाहीका लागि पठाउने भनी पक्राउ नगर्नका लागि घुस लिएको तथ्य पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैदको सजाय मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ ६ शुक्रवार १६:३६ मा प्रकाशित