back
CTIZAN AD

युरोपमा वायु प्रदूषणका कारण करिब चार लाख सतसठ्ठी हजार मानिसको अल्पआयुमा मृत्यु

वि.सं.२०७३ मंसिर ९ बिहीवार

807 

shares

९ मङ्सिर,ब्रसेल्स (बेल्जियम)। युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब चार लाख ६७ हजार मानिसले अल्पाआयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था (ईईए) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

सन् २००० देखि सन् २०१४ सम्म युरोपका विभिन्न सहरका ४०० अनुगमनस्थलमा गरिएको मूल्याङ्कन तथा विश्लेषणपछि प्रतिवेदनलाई सार्वजनिक गरिएको हो ।

प्रतिवेदनअनुसार सन् २०१४ मा ८५ प्रतिशत युरोपको सहरी जनसङ्ख्याले फेर्ने श्वासमा वायु प्रदूषणको मात्रा २.५ ‘पार्टीकुलेट म्याटर’ (पीएम) रहेको र यो स्वास्थ्यका लागि हानिकारक रहने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

यस्ता पीएम मुटु र रक्तधमनी (काडियोभास्कुलर) तथा श्वासप्रश्वास समस्या र फोक्सोको क्यान्सरका कारक तत्व रहने र यसैका कारण यहाँका मानिसले अल्पायुमा जीवन गुमाउने गरेको प्रतिवेदनमा जनाइएको छ ।

ग्रीन हाउस हरित ग्यास उत्सर्जन न्यूनीकरणले युरोपको वायु प्रदूषणमा पछिल्लो समय केही मात्रामा सुधार देखिए पनि यो मानव स्वास्थ्यको अस्वीकार्य क्षतिबाट सुरक्षित रहन पर्याप्त नभएको ईईएका कार्यकारी निर्देशक ह्यान्स ब्रुयनिक्सले बताउनुभयो ।

वायु प्रदूषणका कारण तत्वलाई नियन्त्रण गर्न जरुरी भएको र यसका लागि नयाँ किसिमका सुधारका प्रयास थाल्न ‘युरोपियन पार्लियामेन्ट’ले ईईए प्रतिबद्धतालाई कार्यान्वयनमा लान मतदान गर्नेमा वातावरण सम्वन्धी युरोपियन कमिसनर कारमेनु भेलाले बताउनुभयो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:५६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...