१३ भाद्र, काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पसमा आज १२ औं पुस्तकालय दिवसको अवसरमा प्रोग्राम अन इ–रिसोर्स सेयरिङ (Program On E-Resource Searing) कार्यशाल गोस्ठि सम्पन्न गरिएको छ ।
रत्नराज्यलक्ष्मी क्याम्पस पुस्तकालयले आयोजना गरेको कार्यशाला गोष्ठिमा महेन्द्ररत्न क्याम्पस ताहाचलका पुस्तकालय प्रमुख लालबहादुर चौहानले पुस्तकालयको प्रयोगमा प्रबिधिको प्रयोगको सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए भने त्रि.बि.बि. केन्दिय्र पुस्तकालयका प्रमुख इन्द्र प्रसाद अधिकारीले पुस्तकालय भन्नाले भरिभराउ पुस्तकहरु मात्र हो भन्ने बुझाई त्याग्नु पर्ने बताए ।
सूचना र प्रबिधिको प्रयोग गरेर बिद्युतिय पुस्तकालयको माध्यमबाट संसरभरिका सबै किसिमका पुस्तकहरु एकैठाउँबाट एकै चोटि प्रप्त गर्न सकिने उनको भनाई छ । उनले त्रिबिबिले लाखौं खर्च गरेर बिद्युतिय पुस्तकालय प्रबिधि भित्राएको र त्यसमा सबै जना जोडिने सकिने पनि जानकारी दिए ।
पुस्तकालय दिवसको अवसर पारेर गरिएको सो कार्यशालामा सहभागिता भने अत्यन्तै न्यून थियो । करिब ६ हजार बिद्यार्थीले अध्ययन गर्ने मानबिकी संकायको देश कै ठूलो क्याम्पसमा करिब १० जना बिद्यार्थीहरुको सहभागिता थियो ।
रत्नराज्यलक्ष्मी क्याम्पस पुस्तकालय प्रमुख अनिता भट्टराईले सन्चालन गरेको उक्त कार्यक्रममा सातवटा बिषयको पढाई हुने बिषयगत बिभागका तीन जना बिभागिय प्रमुखहरुको मात्र उपस्थिति थियो । पुस्तकालय त्यसमा पनि प्रबिधि सहितको बिद्युतिय पुस्तकालयको कार्यशालामा बिद्यार्थी सहभागिता न्यून हुनु भनेको पठन संस्कृती मर्दै गएको एक प्रध्यापकले बताए ।
जानकारहरुका अनुसार पछिल्ला बर्षहरुमा विश्वविद्यालय तथा क्याम्पसहरुमा अध्ययन गर्ने बिद्यार्थीहरुको जागिरे मानसिकताको कारणले गर्दा पढ्ने संस्कृति मर्दै गएको छ । केहि जन्नै नपर्ने तर जसरी पनि परिक्षामा उत्तिर्ण हुनु पर्ने कारणले पनि यो अबस्था आएको बुझाइ उनीहरुको रहेको छ ।
बिश्वबिद्यालयहरुलाई वास्तबिक अनुसन्धानको केन्द्र बनाउने हो भने पठन संस्कृतिको बिकास गर्नै पर्दछ । हाल नेपालमा कतिपय बिश्व विद्यालयहरु नारामा मात्र अनुसन्धान गरिरहेका छन । यसले बिद्यार्थीहरुलाई अनुसन्धान कर्ता, बिष्लेसक भन्दा पनि काम चोर तथा जागिरे मात्र बनाउछ एक प्रध्यापकले भने ।
वि.सं.२०७६ भदौ १३ शुक्रवार २२:५९ मा प्रकाशित





























