back
CTIZAN AD

खपटासहित पक्राउ परेकालाई मुद्दा

वि.सं.२०७३ मंसिर ९ बिहीवार

822 

shares

९ मङ्सिर,पाँचथर । सालकको खपटासहित पाँचथरको भारपाबाट पक्राउ परेका दुईजनालाई मुद्दा चलाइएको छ ।

मङ्गलबार पक्राउ परेका भारपा–६ का खडकबहादुर योङहाङ र रसुभाङ–३ का ६५ वर्षीय नरबहादुर योङहाङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले वताउनुभयो ।

प्रहरीले विशेष सूचनाको आधारमा मेची राजमार्गको भारपामा सालकको खपटा (आखेटोपहार) सेतो बोरामा पोको पारी हातमा झुन्ड्याई हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बरामद गरिएको अन्दाजी पाँच किलो (आखेटोपहार) सालकको खपटासहित पक्राउ परेका व्यक्तिउपर कारबाहीका लागि जिल्ला वन कार्यालय पाँचथरमा दाखिला गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०७:३७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...