
१५ भदौ, काठमाडौं । भृकुटीमण्डपमा भदौ १० गते सुरु भएको नेपालको अटोमोबाइल क्षेत्रको कुम्भ मेला मानिने नाडा अटो सो आइतबार समापन हुदैंछ । नाडा अटोमोबाइल एसोसिएसनका प्रबक्ता अनुप बरालले दिएको जानकारी अनुसार नाडा अटो सोमा शनिबार सम्ममा ७३ हजारले अबलोकन गरेकाछन । यो आयोजकले अपेक्षा गरेको संख्याको नजिक हो । आयोजकले गत भदौ एक गते पत्रकार सम्मेलन गरि अटो सोमा ७५ हजार अबलोकनकर्ताले अबलोकन गर्ने बताएको थियो ।
नाडाको आकर्षण बिद्युतीय सवारी

जारी रहेको. नाडा अटो सोमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे बिद्युतीय तथा हाइब्रिड सवारीमा आगन्तुकको भिड लागेको देखियो । के अब बिद्युतीय सवारीको यूग सुरु भएको हो ? भन्ने हाम्रो जिज्ञासामा अधिकांश सवारी व्यवसायीहरुले अब ढिलो या चाँडो मुलुक बिद्युति सवारी तर्फ जाने संकेत देखिएको बताए ।
नाडाका प्रबक्ता समेत रहेका ब्यबसायी अनुप बरालले एकैचोटी ह्वत्तै बिद्युतीय सवारी तर्फ जाने अबस्था त छैन तर अब क्रमशः नेपालमा बिद्युतीय यूग सुरुहुने बताए । पूर्बाधार छैन । चार्ज गर्ने चार्जिङ स्टेसनहरु छैनन; चार्ज गर्न प्रयोग हुने बिद्युतको महसुल तोक्ने काम पनि भएको छैन; आयत गरिएका सवारी साधनहरु मध्ये कस्ता खालका सवारीहरु ठिक हुन भन्ने निक्र्योल नगरिकन तत्कालै बिद्युतीय सवारीको प्रयोग भै हाल्ने त देखिदैन तर अबका केहि बर्षमा बिद्युतीय सवारी ले राम्रै स्थान पाउने बरालको तर्कछ ।

जारी रहेको सोमा ४२ ब्राण्डका सवरी साधनहरु राखिएको छ । जस मध्ये २३ ब्राण्डका चार पाङ्ग्रे तथा १९ ब्राण्डका २ पाङ्ग्रे सवरीसाधनहरु रहेक छन । यिनीहरु मध्ये बिद्युतीय सवारीको हिस पनि ठूलै रहेको छ ।
वि.सं.२०७६ भदौ १५ आइतवार १४:५७ मा प्रकाशित