back
CTIZAN AD

महिला लायन्स क्लबको पहिलो हस्तकला उद्योग सञ्चालनमा

वि.सं.२०७६ भदौ २० शुक्रवार

768 

shares


२० भाद्र, कास्की । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले आर्थिक सशक्तीकरणका लागि महिला उद्यमशीलता भन्ने नारासहित पहिलो हस्तकला उद्योग सञ्चालनमा ल्याएको छ ।

लायन्स क्लबका ३२५ बी १ का डिष्ट्रिक गभर्नर इन्दु लम्सालले ल्याएको ‘सशक्तीकरणका लागि जागौँ’ भन्ने मूल नारालाई सफल बनाउन आफूहरुले आर्थिक समृद्धिका लागि उद्यमशीलतलाई जोड दिएको लायन्स गण्डकीका अध्यक्ष एवं महिला उद्यमी हिरा भट्टराईले बताइन् । उनले भनीन्, “लायन्सले शिक्षा स्वास्थ्य वातावरणको क्षेत्रमा सेवा गर्दै आएको छ अब आर्थिक सशक्तीकरणतर्फ पनि हामीले पाइला चालेका छौँ ।” “बेरोजगार कम गर्दै स्वरोजगार र दक्ष जनशक्तिको उत्पादनतर्फ पनि अब लायन्सले सोच्नुपर्छ देशको समृद्धिमा नै दक्ष जनशक्ति निर्भर हुन्छ”, भट्टराईले भनिन् ।

गभर्नर लम्सालले देशका युवा पलायन हुने र सधैँ वैदेशिक सहायतामा भर पर्नु पर्ने संस्कारलाई अब विस्तारै हटाउँदै उद्यमशीलताबाट समृद्धि खोज्नु पर्ने बताइन् । उनले भनीन् , “मैले वर्ष २०१९ ÷२० को गभर्नर भएसँगै ‘सशक्तीकरणका लागि जागौँ’ भन्ने नारासहित देशव्यापी अभियानमा लागेको छु ।” विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्सले आपसी भाइचारा र सद्भावलाई जोड दिँदै सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको उनको भनाइ थियो ।

पहिलो महिलाको क्लबले थालेको यो प्रयासले देशभरि नै सकारात्मक सन्देश प्रवाह गर्ने प्रथम भाइस गभर्नर मनबहादुर रोकाले बताए । उनले पोखरालाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्न नयाँ र आर्कषक हस्तकलाका सामान सहयोगी हुने बताए ।

लायन्सका डिष्ट्रिक प्रमुख सल्लाहकार महेन्द्र पौडेलले महिला क्लबले सधैँ रचनात्मक र सृजनात्मक काम गर्दै आएको भन्दै प्रशंसा गरे। ‘परिवर्तन गर्नुछ भने शुरुआत आफँैबाट गर्नुपर्छ’ भन्ने उदाहरण गण्डकीका महिला सदस्यहरुले देखाएको उनले बताए ।

क्लबका अध्यक्ष हिरा भट्टराईले हस्तकला उद्योगका लागि बीउ पूँजीका रुपमा हस्तकला प्रशिक्षक हिरा कँुवरलाई नगद १० हजार प्रदान गरेका थिए । क्लबले हस्तकलाका विभिन्न सामग्री उत्पादन र बजारीकरणका लागि पहल गर्ने र धेरै दिदीबहिनीलाई रोजगार प्रदान गर्ने लक्ष्य राखेको रिजन चेयर पर्सन शारदा शर्माले बताए ।

क्लबमा विभिन्न क्षेत्रका आबद्ध ४२ जना महिला आबद्ध रहेको डिष्ट्रिक सल्लाहकार शारदा पराजुलीले जानकारी दिए । उनले क्लबले शुरु गरेको पहिलो उद्योग भएकाले नाम पनि ‘पहिलो हस्तकला उद्योग’ राखेको उनको जानकारी दिइन् । (रासस)

वि.सं.२०७६ भदौ २० शुक्रवार १२:०७ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...