Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

एल साल्भाडोरमा शक्तिशाली भूकम्प



१० मङ्सिर,मेक्सिको सिटी। एल साल्भाडोरमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प ७.० म्याग्नीच्युडको मापन गरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको धक्का मध्य अमेरिकी मुलुकहरु होन्डुरस, निकारागुआ र ग्वाटेमालामा पनि महसूस गरिएको छ ।

वातावरण र प्राकृतिक स्रोत मन्त्रीले सुनामी आउन सक्ने भएकाले सतर्क रहन ट्विटरमार्फत सवै नागरिकलाइ आह्वान गर्नुभएको छ । सो शक्तिशाली भूकम्पप्रश्चात् पाँच पटक पराकम्प महसूस गरिएको थियो ।

भूकम्प शक्तिशाली नै भएपनि कुनै भौतिक तथा मानवीय क्षति भएको विवरणहरु भने हालसम्म प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सुरु यस भूकम्पलाई ७.२ म्याग्नीच्युडको मापन गरिएको भएतापनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ७.० म्याग्नीच्युडको मापन भएको जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु एल साल्भाडोरको पुइर्टो ट्रिउन्फोबाट १५४ किलोमिटर दक्षिण र दक्षिणपश्चिममा समूद्री सतहदेखि ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । रासस÷सिन्ह्वा


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन