back
CTIZAN AD

पासवर्डको प्रिमियर शोमा नेपाल आएकी सन्नीले के भनिन् त ?

वि.सं.२०७६ भदौ २७ शुक्रवार

909 

shares

भारतीय अभिनेत्री सन्नी लियोन विहिबार नेपाल आएकी छन् ।  नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी सन्नीले त्यसको प्रिमियर सोमा सहभागी हुन नेपाल आएकी हुन् ।

विहिबार बेलुका कमलपोखरीस्थित कुमारी सिनेमा हलमा प्रिमियर सोका अवसरमा सन्नीले पनि भाग लिएकी हुन् । उनलाई त्यहाँ लाखे नाँच र पन्चकन्याले स्वागत गरिएको थियो ।


सोहि अवसरमा अभिनेत्री सन्नीले आफू नेपाली फिल्म क्षेत्रको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै सम्भवत अहिलेसम्मकै ठूलो बजेटको फिल्म ‘पासवर्ड’ भएको आफूले ठहर गरेको बताइन् । उनले आगामी दिनमा अन्य नेपाली फिल्ममा पनि खेल्ने समेत बताएकी थिइन् ।
सन्नीलाई उक्त डान्सका लागि निर्माण युनिटले दुई करोड रुपैयाँ तिरेको बताइएको छ । साथै उक्त निर्माण युनिटले सन्नीको पूरा भूमिकामा छिट्टै अर्को फिल्म बनाउने पनि सोहि अवसरमा घोषणा गरेका थिए ।

अंकित गौतमको कार्यकारी निर्माण रहेको उक्त पासवर्ड फिल्मको निर्माता अमित बस्नेत र हिरालाल जोशी रहेका छन् भने कलाकारहरुमा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनारm परि राना, छुल्ठिम गुरुङ, एभरेष्ट सुर्य बोहरा लगायतका कलाकारको अभियनय रहेको छ । फिल्म शुक्रबारदेखि देशभरीका हलमा प्रदर्शन गरिनेछ ।

उक्त प्रिमियर शोमा दिपाश्री निरौला, भुवन केसी लगायतका फिल्मी क्षेत्रका कलाकारको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार १०:०६ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...