पर्दाबाट चिहाएको जूनले हैन भने
हुनै सक्दैन अरू त उनले हैन भने !
मनले जोड्छ सम्बन्ध मुट्ले जोड्छ
हुन्थेन तातो जोडेको खुनले हैन भने !
सम्भावित कारण के होला सरकार
अपराध बढाएको सुनले हैन भने !
हुम्ला र जुम्लाको अभाव बढाएको
खाद्यान्नको साथमा नुनले हैन भने !
अरूले नहोला गीतमा प्राण भरेको
मीठो स्वर सांगीतिक धुनले हैन भने !
लिखु-६, नुवाकोट, हाल-टोखा-१०,काठमाडौ
वि.सं.२०७६ भदौ २८ शनिवार ०८:५६ मा प्रकाशित






























