मनमा खुशी छैन भने सम्पतिको के काम
रात दिन झगडालु दम्पतिको के काम
बुझ्नु पनि कति बुझ्नु संसारिक जीवनमा
छलकपटले गरेको त्यो प्रगतिको के काम
मनमा भने सधैभरि नकारात्मक सोच
मन्दिर गई बालेको दियोबातीको के काम
सानालाई सजाय ठूलालाई अमनचयन
उल्टो कानुन रैछ यहाँ पद्दतिको के काम
बाँचुन्जेल तेरो मेरो आफन्तमै रिसराग
मरेपछि चढाएको फूलपातीको के काम
वि.सं.२०७६ भदौ २८ शनिवार ०८:५३ मा प्रकाशित






























