back
CTIZAN AD

कविता : म जादैछु विदेश

वि.सं.२०७६ भदौ २८ शनिवार

3.3K 

shares

अलिकति पसिना बेचेर
मेरा केहि सपनाहरु किन्न
म जादैछु विदेश ।

श्रावणको झरिले
छानोबाट चुहेको पानीले
मेरो घरको भान्सा कोठामा
ठूलो दह बनाएको छ
त्यहि दह भर्ने माटो किन्न
म जादैछु विदेश ।

मेरो घरको आँगनमा फुलेको
त्यो सानो फूललाई पनि
काजी बाको ऋण लागेको छ
हो त्यहि ऋण तिर्न
म जादैछु विदेश ।

बाबाको त्यो फुलेको केश
अनि आमाको तिलहरी औँठी बाला
मेरै खुसीको लागि
बन्धकिमा छन्
हो त्यहि बन्धकि फिर्ता गर्न
म जाँदैछु विदेश ।

 

वि.सं.२०७६ भदौ २८ शनिवार ०८:५१ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...