back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ भदौ २८ शनिवार

5.5K 

shares

तिम्रो मेरो कुरो नमिले पनि गुनासो कुनै छैन्
आँखा अगाडि हुँदा पनि ओठमा हाँसो कुनै छैन्
त्यो जिन्दगी पनि के तिमी सँग साथ नहुदाँ
आउ सँगै बसै भन्दा पनि तिम्लाई चासो कुनै छैन् ।

~~~

२.
मान्छे म पनि हुँ चित दुखाउने कुरो नगर्नु
घात मलाई पनि हुन्छ झुक्याउने कुरो नगर्नु
दिल सबैको त्यतिकै दुख्छ जसरी आफ्नो
अरुलाई दोषलगाई गल्ती लुकाउने कुरो नगर्नु ।

~~~


यो दुनिया काही, मतलबको यार त होईन
स्वार्थमा लुकेको, नचिनेको प्यार त होईन
हेर्नमा दुनिया सुन्दर लाग्छ सबैलाई यहाँ
म भन्छु फटाहाले सोझालाई छल्ने बजार त होईन ।

~~~


बाम्च्नु नै छ भन्ने हाँसेर बाँचौ,
अटूट बन्धन गासेर बाँचौ ।
भरोसा छैन कतिपनि सासको,
रहुँन्जेल माया साटेर बाँचौ ।

~~~


नारीको सम्मानमा विश्वभरको मान्छे जुटेको छ,
अर्कोतिर त्यही नारीको हातको चुरा फुटेको छ ।
नारी दिवसको नारा फिजाएर मात्र हुँदैन हजुर,
हिंसा बलात्कार र दहेज प्रथाले नारी चुटेको छ ।

वि.सं.२०७६ भदौ २८ शनिवार ०८:४७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...