back
CTIZAN AD

कविता : भुईँ खन्नेहरु

वि.सं.२०७६ भदौ २८ शनिवार

957 

shares

हुँदा-हुँदै…..
जोगाई राखेको बाउको एउटै ईतिहास
पल्टाई दियो मोरा सत्तारुड़ जेसिभिले
त्यहीँ बाजेको ईतिहासको नलिहाड बोकेर जाँदैछ नाति
नागरिकताको प्रयोगशालामा
रैथाने शुक्राणु जाँच गराउँन् ।

जँगल पारि नदी किनारमा बसेको
खोलाको देवतालाई
बेस्सरी केरयो अरे प्रयोगशालाको ज्योतिषीले
लाटी बुडेनी सिमेभुँमे र ल्याम्ल्यामेको बंशावली ।

येसैले असमञ्जसमा छ नाति
कहाँबाट देखाउँछ उसले
अडÞिबहादुरको बुडी औंलाको छाप
संबिधानको धारा पाँचमा
खै कसरी सुनाउँछ उसले
रामसिंग बाजेको भाइलोनमा
राष्ट्रप्रेमको धून ।

छक्कै परिरहेछ घरको कुलदेवता मष्टो पनि उसको त्रिसुलमा खिया लाग्दै गरेको देखेर
किन बज्दैन हिज जस्तो उसको
शंख घन्टी र डमरु
एकोहोरो बासिरहेछ घरको धुरीमा
गोठको भाले
गोठभरि मलसाँप्राहरुको रगरगि देखेर
सम्साँझै डराईरहेछ चिहान डाँड़ामा
जंगलको देवता
लुईचे कालिज र कोईलीहरु बाँस्न छाडयो भनेर ।

खै कता भाग्यो त्यो
दिउँसै काङलिङ फुक्ने रक्षकहरु
उल्टो फर्कि आएछ बरु
नर्क पुरयाई राखेको शनी–राहूहरु ।

अझ जोत्न खोज्दैछन् सत्तासीन जेसिभिले
भँडारदेखि आँगनसम्मकै
रैथानेहरुका शंकालु आयातन (?)
अहो अब कहाँ कसरी थाप्ने नातिले
छ्यातछ्याति बक्ने भुईँ फुटुवाहरु
चिन्ता बस्ने थान–थपनाहरु ।।

वि.सं.२०७६ भदौ २८ शनिवार ०८:४३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...