मलेसियन सरकारले अगष्ट १ देखि ३१ डिसेम्बर २०१९ सम्म ५ महिनाभित्र आफ्नो देशमा भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेखविहिन(गैरकानुनी) भै बसेका विदेशी कामदारहरुलाई लक्षित गरी स्वदेश फर्कन आममाफी ल्याएको कार्यक्रमको सदुपयोग गर्दै त्यस्ता नेपालीहरु पनि फर्किरहेका छन् । गैरकानुनी बनेका उनीहरुले स्वदेश फर्कनका लागि आवश्यक पर्ने कागजातहरु दूतावासमार्फत बनाउनु पर्दछ । आवश्यक डकुमेन्ट बनाएपछि सिधै दूतावासमा सम्र्पक गर्न सकिने कुनै तेस्रो पक्षको सहयोग लिनु पर्दैन । यो अवसरको फाइदा अवैधानिक कामदारले मात्र लिन सक्छन् । तर कतिपय बिचौलियाले आममाफीको कार्यक्रममा वैधानिक कामदारहरु पनि नेपाल फर्किन सक्छन् भनि पैसा खाएर ट्राभल डकुमेन्ट बनाइदिन्छौँ भन्दै ठगिरहेको जानकारी प्राप्त भएको मलेसियास्थित नेपाली दूतावासमा फेसबुक रेडियो सञ्चालन गरिरहेका पत्रकार रवि भट्टले बताएका छन् । उनले सामाजिक सञ्जालमा यसबारे जानकारी गराउँदै त्यस्ता बिर्चालियाबाट सचेत रहन सबैसँग आग्रह गरेका छन् । उनले लेखेका छन् :
मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली साथीहरू अहिले मलेसिया सरकारले दिएको अबैधानिक कामदारहरुलाइ आममाफीको कार्यक्रममा बैधानिक कामदारहरुलाइ पनि जान सक्छन भनी केही बिचौलियाहरुले ट्राभल डकुमेन्ट बनाउनुस हामी मिलाउछौ भनी रकम ठगी रहेकोले यो भ्रममा नपर्न सम्पुर्ण साथीहरूलाई अनुरोध छ ।
अर्को कुरा अबैधानिक साथिहरुलाइ सिधा दूतावास आउनुस भन्दा बिचौलियाहरुलाइ रकम बुझाइ आउने र फिङगर गर्न जादा जरिवाना तिर्ने पैसा सहित नदिएकाले र डुप्लिकेट टिकट दिने गरेको स्पस्ट मानिसको नाम र रेकर्ड सहित हामी सङ्ग सुरक्षित छ । आफ्नै नेपाली दाजुभाइलाइ ठग्न नपाएको र दूतावासको यो कार्यलाइ गिराउन बिचरा लागि परेका बिचौलियाहरु देखि साबधान र त्यसका पछि नलाग्न म हार्दिक अनुरोध गर्दछु । समस्या सिधा दूतावासमा राख्नु होला ।
टिकटमा कति साथीहरूले ओरिजिनल ल्याउनु भएको छ र अप्ठेरोमा परेका साथीहरूलाई तत्काल पनि दूतावासले अध्यागमन लगेको छ त्यसैले हामिले अब उप्रान्त जस्ले जहाबाट टिकट लेराउनु हुन्छ ओरिजिनल टिकट, टिकट लिएको अफिस, अफिसको नम्बर, टिकट काट्ने ब्यक्तिको नाम, कति रकम तिरेको त्यो रसिद र नम्बर तथा डाइरेक्ट क्वालालम्पुर काठमाडौको टिकट भनेका छौ ।
जस्ले गलत प्रचार गर्नु भएको छ समस्या छ भने सिधै आएर ज्ञ तल्लामा मलाइ सम्पर्क गर्नुहुन अनुरोध छ किनकी टिकट मैले हेर्नेछु र यहाँहरुलाइ सहयोग गर्नेछु । बिचौलियाको डमि टिकटले ओरिजिनल टिकट हुनेहरुलाइ समस्या पर्न सक्छ । अब सहयोग तपाइँहरुले गर्नुहोस ।
वि.सं.२०७६ भदौ २८ शनिवार १५:४१ मा प्रकाशित






























