back
CTIZAN AD

ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती

वि.सं.२०७६ भदौ २९ आइतवार

759 

shares

२९ भदौ, दुबई ।  यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ ।

आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ । ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपी आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले जनाएको छ ।

केही महिनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरुमा हुथी विद्रोहीहरुले मानवरहित विमान (ड्रोन) बाट आक्रमण तिब्र बनाएका छन् ।

साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोध स्वरुप हुथी विद्रोहीहरुले साउदी पूर्वाधारमा आक्रमण गरिरहेका छन् ।

साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले अब्काक तेल प्रशोधन केन्द्र र खुराइस तेल कुवामा क्षति पुगेका कारण दुबैबाट तेल उत्पादन अस्थायी रुपमा रोकिएको बताए । मन्त्री अब्दुलाजिजले जारी गरेको विज्ञप्तिमा दुबै ठाउँको आगो नियन्त्रणमा आइसकेको उल्लेख छ ।

मन्त्री अब्दुलाजिजको वक्तव्यमा करिब ५७ लाख ब्यारेल कच्चातेलको आपूर्ति कटौती भएको उल्लेख छ । तेल उत्पादन र आपूर्तिमा प्रभाव पर्ने वा नपर्ने विषयमा साउदी अरेबियाको मुख्य तेल कम्पनी साउदी आराम्कोले विश्लेषण गरिरहेको छ ।

इरान समर्थित हुथी विद्रोहीहरुले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी विद्रोहीहरुले हाल यमनको राजधानी साना सहित अधिकाँश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् ।

साउदी अरेबियाले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोही विरुद्ध हवाई आक्रमण गरिरहेको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने साउदी अरेबियामा भएको ड्रोन आक्रमण हुथी विद्रोहीले नभई इरानले गरेको दाबी गरेको छ । उनले ट्वीटमा भनेका छन् । , “यो आक्रमण यमनबाट भएको कुनै प्रमाण भेटिएको छैन ।”
हुथी विद्रोहीका सैनिक प्रवक्ता याहिया सरीयाले साउदी अरेबियामा १० वटा ड्रान आक्रमण गरिएको र त्यसका लागि सैनिक गुप्तचर सूचना साउदी अरेबियाबाटै प्राप्त गरेको दाबी गरेको छ ।

उनले परिस्थितिमा सुधार ल्याउन साउदी सरकारले यमनमा जारी राखेको हवाई हमला तत्काल बन्द गर्नुपर्नेमा जोड दिए ।
इरानले यमनी विद्रोहीहरुलाई हातहतियार र ड्रोन आपूर्ति नगरेको बताउँदै आएको छ । तर राष्ट्रसंघ, पश्चिमा मुलुकहरु र अरब खाडी मुलुकहरुले यमनी हुथी विद्रोहीलाई आर्थिक, सैनिक र राजनीतिक समर्थन दिइरहेको बताइरहेका छन् ।

राष्ट्रसंघका अनुसन्धाताहरुका अनुसार हुथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार ५०० किलोमिटर दूरीसम्म यात्रा गर्न सक्दछ । यी ड्रोनबाट यमनका छिमेकी मुलुकहरु साउदी अरेबिया र युनाइटेड अरब ईमिरेट्ससम्म सहजै प्रहार गर्न सकिने राष्ट्रसंघको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सल्मानलाई फोन गरी साउदी अरेबियाको प्रतिरक्षाका लागि अमेरिकाले जस्तोसुकै सहयोग गर्ने बताएको ह्वाइट हाउसले जनाएको छ ।

वि.सं.२०७६ भदौ २९ आइतवार १३:२४ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...