back
CTIZAN AD

नेपाली विद्यार्थीद्वारा बंगलादेशमा राजदूत डा मिश्रको स्वागत

वि.सं.२०७६ भदौ २९ आइतवार

1.6K 

shares

नेपाली विद्यार्थीहरुको अन्तर्राष्ट्रिय विद्यार्थी संगठन ‘विश्व नेपाली विद्यार्थी संगठन (Worldwide Nepalese Students Organisation : WNSO)’  बंगलादेश च्याप्टरले बंगलादेशका लागि नेपाली राजदूत डा वंशिधर मिश्रको स्वागत गरेको छ ।

बंगलादेशका लागि राजदूतको जिम्मेवारी पाई दूतावास पुगेका राजदूत डा मिश्रको आगमनलाई वोन्सोले केके काटेर स्वागत गरेको थियो । उनीहरुले राजदूतलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाली विद्यार्थीका लागि दूतावासका तर्फबाट सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।

वोन्सो बंगलादेशका संस्थापक अध्यक्ष तथा हाल मुख्य सल्लाहकार रहेका डा राकेश साहको नेतृत्वमा फुलको गुच्छासहित दूतावास पुगेका विद्यार्थीहरुले  राजदूतलाई स्वागत गरेका थिए ।

BSMMU युनिभर्सिटिमा Colorectal Surgery मा स्नातकोत्तरका विद्यार्थी रहेका डा साहसहितको विद्यार्थी समूहले हाल भिषामा रहेको समस्या, बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थीका लागि भर्ना समस्या तथा Stipend मुद्धाका साथै अन्य समस्याका बारेमा जानकारी गराएका थिए ।

डा साहले राजदूतले विद्यार्थीहरु सँगको उक्त भेटमा दूतावासले सकरात्मक भएर नेपालीका सबै समस्यामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेबाट आफूहरु आशावादी भएको बताएका छन् ।

सो अवसरमा नियोग उपप्रमुख, काउन्सिलर धनबहादुर ओलि र Military Attaché विनोद खरेलको पनि उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ भदौ २९ आइतवार १३:४० मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...