यदि तपाई राति जुरुक्क उठेर उठ्नासाथ आँखा मिच्दै ट्वाइलेट जाने बानी छ भने आजैदेखि यस्तो बानी हटाउनुहोला ।
राति सुतिरहेका बेला तपाईको रगत शरीरभरी फैलिएर काम गरिरहेको हुन्छ । त्यतिबेला तपाई जुरुक्क उठेर उँभिदा तथा शौचालयतिर दौड्दा रगत एकैपटक तल झर्ने हुँदा इसिजीको पैर्टन बदलिन्छ । त्यसो हुँदा ब्रेन एनिमिया अर्थात् मस्तिस्कमा एकदम रगतको कमी हुनसक्छ । त्यसले हृदयघात अर्थात् मुटुको धड्कन बन्द हुन पनि सक्छ र मानिसको निधन समेत हुन सक्छ ।
-त्यसकारण जस्तोसुकै हतार भए पनि बिउझिएपछि ५ मिनेट बिछ्यौनामा पल्टिरहनुस् ।
-त्यसपछि अर्को एकमिनेट विस्तारै उठेर बस्ने ।
-३० सेकेण्ड बिस्तराबाट खुट्टा झारेर विस्तराको छेउमा तयारी अवस्थामा बस्ने ।
-त्यतिबेलासम्म मष्तिस्कमा राम्रोसँग रगत पुग्ने र तपाई यी सम्भावित खतराबाट बच्न सक्ने स्वास्थ्यविज्ञ बताउँछन् ।
वि.सं.२०७६ भदौ ३१ मंगलवार ११:५१ मा प्रकाशित






























