back
CTIZAN AD

कविता : उ अर्थात हर्क बहादुर

वि.सं.२०७६ असोज ४ शनिवार

855 

shares

उ लरबरिन्दै लरबरिन्दै निष्कियो भट्टि बाहिर
रित्ता पारेर आफू जस्तै बोतल र गिलासहरु
र मुत्यो चोक माझ उभिएर
र हास्यो हेरेर आफ्नै लिङ्ग

पिटे आज पनि उसलाई चोकका केही
बोक्रे भलाद्मीहरुले उसको फोहोरी
कार्यको भत्र्सना गर्दै

प्रिय पाठक !
मातेको छ आज पनि उ
हरिभक्त कटुवाल भन्दा ज्यादा
काइला बाजेको मातेको मान्छे भन्दा ज्यादा
नपिएरै पनि श्यामल दाइ भन्दा धेरै
झस्कियो मिश्र बैजयन्ति
हिरा आकाशको झझल्कोले

बाटोहरु पार गरेर जाँदा जाँदै
घुम्तीहरु छिचोलेर जाँदा जाँदै
भेट्यो बाटैमा उसले
मधु पोख्रल र राजेश ढुङ्गगाना
हानियो फेरि मगर्नीको भट्टि पसल

भरै साझ उ पुग्ने छ घर पल्टने छ
धुल्लामे सिक्वा माथि
सुन्ने छ चाइनिज मोबाइलबाट फुल भोलुममा
एकोहोरो जगजित सिहँको गजल
र बग्ने छ नुनिलो आँखाबाट उ

अनि हेर्ने छ थोत्रो पर्सबाट झिकेर
धमिलो प्रकाशमा प्रियसीको तस्बिर
जो बर्षाै अघि जनयुद्धको कुनै साँझ हराएकी थिइन्
बिस्फोटको ठूलो आवाज सगैँ ।।

वि.सं.२०७६ असोज ४ शनिवार ०९:२६ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...