back
CTIZAN AD

कविता : मलाई पैसा चाहियो

वि.सं.२०७६ असोज ४ शनिवार

3.3K 

shares

सानो छँदा मलाई
कसैले भनेन
पैसाको महत्व ठूलो हुन्छ
कलिलो बालक थिए
के थाहा मलाई
राम्रो खेलौना, कपडा
महँगो हुन्छ
भनेन मलाई किन कसैले
जन्मदिनमा काटिने केकको दाम
मेरो बुवाको
तीन दिनको ज्याला हुन्छ
म बढ्दै गए
बढ्दै गयो
मेरा इच्छा, रहर,चाहनाहरू
मैले बुझेँ
मेरा बाआमाको कमाई
खाँचो टार्न ठिक्क हुँदोरहेछ
आफ्नो रहर चाहनाको
गला घोटेर
मलाई खुशी
किनिदिनुहुँदो रहेछ
मलाई योग्य र शिक्षित बनाउन
खलखली पसिना बगाउनु हुँदोरहेछ
यसैले
मेरो बाआमाको लागि
पैसाको महत्व
झनै ठूलो रहेछ
देखे उनीहरूको दिनचर्या
दिनभरि ज्याला कमाउन
मरिहत्ते गर्नु पर्दोरहेछ
अर्थात्
गरीबको जीवनचक्र
पैसारूपी घट्टोमा पिसिँदो रहेछ
सानो छँदा
मलाई कसैले भनेन
जीवन यात्रा पैसा बिना ठप्प हुन्छ
पैसा बिनाको जीवन
निस्सार र निर्थक हुन्छ
यसैले आजभोलि मैले
गान्धी र बुद्धका तस्वीरहरू हटाएर
विल गेट्स र अम्बानीको
तस्वीरहरू सजाएको छु
जीवनमा करोडपति कसरी बन्ने
सिद्धान्त र सुत्रहरूका किताबहरू
घोक्ने गरेको छु
किनकि
पैसाको महत्व मैले
जीवनमा ठूलो देखेको छु
जसरी भएपनि पैसा कमाएर
जीवनमा धनाड्य बनेको
हिजो आज मैले
सपना देख्ने गरेको छु
थाहा छ
पैसा पैसा भन्दाभन्दै
एकदिन म पनि
राम नाम सत्य हुनेछु
मूत्युपछि म सधैलाई
संसारबाट बिलीन हुनेछु
न त मलाई कसैले खोज्नेछ
न त संसारमा
मेरो कुनै अस्तित्व रहनेछ
बस् म हिजो थिए आज छैन
क्रमश ः मलाई सबैले भूल्दै जानेछ
जसरी यो संसारले
फगत मृत्युहरू भूल्ने गर्दछन्
मलाई थाहा छ
परोपकार,त्याग, कृतिले
मानिसलाई अमर बनाउँछ
मृत्युपछि पनि मानिस
मन मस्तिष्कहरूमा
सदैव बाँची रहन्छ
तर
म त चाहान्छु
समृद्ध र धनाड्य बन्न
म मा कुनै कृतिको लालसा छैन
मलाई नामी होइन
दामी बन्नु छ
मलाई फूलमाला सम्मान होइन
मेरा लागि
अकुत कमाउने
सबै ढोका नाकाहरू खुलेको हुनुपर्दछ
किनकि
मैले अभाव देखेको छु
गरीबीलाई नजिकैबाट हेरेको छु
जीवनमा पैसाको महत्व
राम्ररी बुझेको छु
सारा ब्रम्हाण्ड
पैसारूपी मिचोमा
फनफनी घुमीरहेको देखेको छु ।।

वि.सं.२०७६ असोज ४ शनिवार ०९:२८ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...