back
CTIZAN AD

कविता : बधशालामा दशैं

वि.सं.२०७६ असोज ४ शनिवार

822 

shares

बधशालामा–
इतिहासको घाँटी रेट्दै छन् कसाहीहरू
वर्तमानको घाँटी रेट्दै छन्–कसाहीहरू
बधशालामा–
बरू महङ्गीको घाँटी रेटेको भए हुने
अभावग्रस्त समयको घाँटी रेटेको भए हुने
बाढीपीडित निष्ठुरी समयको घाँटी रेटेको भए हुने
कोलाहलमय निर्दयी समयको घाँटी रेटेको भए हुने

घरघरमा एकनासले दशैँ नआएको बेला
बधशालामा–
खै कसकसको घाँटी रेट्दै छन् कसाहीहरू
बरु दिनदिनै फहराइरहने कालो झण्डाको
घाँटी रेटेको भए हुने

दिनदिनै मिचिने सिमारेखा विरुद्धको
घाँटी रेटेको भए हुने

दिनदिनै बढ्ने असुरक्षाको
अनि, हत्या हिंसाको घाँटी रेटेको भए हुने

दिनदिनै बढ्दै गैरहेको दण्डहीनताको
घाँटी रेटेको भए हुने

हो, यस्तै यस्तै घाँटीहरू रेटेको भए
पक्कै पनि
दशैँ दशैँजस्तो हुने थियो सबैको घरघरमा
दशैँ दशैँजस्तो हुने थियो सबैको मनमनमा

यसपालि दशैँको आकर्षक छुटमा
नराम्रोसँग हिर्काएको छ मूल्यवृद्धिले
रुकुम, रोल्पा, जाजरकोट
खाद्यान्न अभावमा
भोकभोकै दशैँ मनाउँदै छन्
अनियंत्रित रोगी साँझहरूको यन्त्रणामा
लाचार लाचार दशैँ मनाउँदै छन्

प्रत्येक शहर, चोक र गल्लीहरूले
असुरक्षाको छुटमा दशैँ मनाउँदै छन्
ठूलाठूला अपराधीहरूले दण्डहीनताको
दशैँ मनाउँदै छन्
समस्त देशबासीहरू
मूल्यवृद्धिको बडा दशैँ
हर्षोल्लासका साथ मनाउँदै छन् ।

वि.सं.२०७६ असोज ४ शनिवार ०९:३१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...